YouTube Link

क्वाटरफाइनलमा स्विट्जरल्यान्डको भिडन्त अर्जेन्टिनासँग

Facebook Link

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

 

जितसँगै स्विट्जरल्यान्डले सात दशकभन्दा लामो प्रतीक्षापछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । निर्णायक पेनाल्टीमा रुबेन भार्गासले सहज गोल गरे । त्यसअघि कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार क्रसबारमा लागेको थियो भने कुचो हर्नान्डेजको पेनाल्टी स्विस गोलकिपर ग्रेगर कोबेलले रोकेका थिए ।

 

पहिलो हाफमा कोलम्बियाले खेलमा पकड बनाए पनि स्पष्ट गोल गर्ने अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफमा पनि दुवै टोलीले गोलका स्पष्ट अवसर बनाउन सकेनन् । अतिरिक्त समयमा खेल थप रोमाञ्चक बन्यो । कोलम्बियाका झोन लुकुमीको हेडर क्रसबारमा लाग्यो । स्विट्जरल्यान्डका वैकल्पिक खेलाडी जेकी आमडौनीको प्रहार कामिलो भार्गासले रोके भने जामिन्टन काम्पाजले सुनौलो अवसर गुमाए ।

 

अन्ततः खेल पेनाल्टी सुटआउटमा पुग्यो । त्यहाँ स्विट्जरल्यान्डले ४–३ को जित निकाल्दै क्वार्टरफाईनल यात्रा तय गर्यो । अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३-२ गोल अन्तरले हराउँदै क्वाटरफाइनल यात्रा सुरक्षित गरेको छ । योसँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ । फ्रान्स र मोरक्को , स्पेन र बेल्जियम तथा इङ्ल्यान्ड र नर्वेबीच क्वाटरफाइनल खेल हुनेछ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...