Texas College
YouTube Link

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

Facebook Link

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक ‘एफ-३५’ युद्धविमानले मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण गरेको छ । अमेरिकी सैन्य अधिकारीका अनुसार इरानी आकाशमा युद्ध मिसन पूरा गरी फर्कने क्रममा उक्त विमानमा समस्या देखिएको हो ।

 

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्ट्रकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले बिहीबार विमानको सुरक्षित अवतरण भएको र पाइलटको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । हकिन्सले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इरानमाथि सैन्य अभियान चलाएर फर्किएको अमेरिकी एफ-३५ विमानले क्षेत्रीय सैन्य अखडामा आकस्मिक अवतरण गरेको प्रतिवेदनबारे हामी सचेत छौँ । विमान सुरक्षित अवतरण भएको छ र पाइलटको स्वास्थ्य अवस्था स्थिर छ । यस घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।’

 

सिएनएनले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जनाए अनुसार, झण्डै १० करोड डलर मूल्य पर्ने उक्त अत्याधुनिक विमानलाई इरानले प्रहार गरेको हुन सक्ने सम्भावना छ । यता इरानको इस्लामिक रिभोलुसनरी गार्डले पनि एक विज्ञप्ति जारी गर्दै आफूहरूले अमेरिकी विमानलाई निशाना बनाएको दाबी गरेको छ । यद्यपि, विमान कुन कारणले आकस्मिक अवतरण गर्न बाध्य भयो भन्नेबारे अमेरिकाले औपचारिक पुष्टि गरिसकेको छैन

 

युद्धको पहिलो सातामै अमेरिकी सेनाको तीन वटा एफ-१५ लडाकु विमान कुवेतमा खसेको थियो । त्यतिबेला कुवेती हवाई प्रतिरक्षा प्रणालीले नै भूलवश अमेरिकी लडाकू विमान खसालेको भनिएको थियो । विमान खस्दै गर्दा चालक दलका सदस्यहरू प्यारासुटमा बाहिर निस्केका थिए । गत साता इराकको पश्चिमी क्षेत्रमा लडाकू विमानमा इन्धन भर्न परिचालिन केसी-१३५ दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाको कारण स्पष्ट नभएपनि अमेरिकी सेनाले यो घटना शत्रुको आक्रमण वा आफ्नै पक्षबाट भएको फायर कुनैपनि कारणले नभएको बताएको थियो ।

 

उक्त दुर्घटनामा विमानमा सवार सबै ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो । युद्धको तेस्रो साता नजिकिँदै गर्दा आगामी अवस्थाबारे अझै अन्योल कायम छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ३१औँ मरीन एक्स्पिडिसनरी युनिट र ट्रिपोली एम्फिबियस रेडी समूहलाई क्षेत्रमा पठाइएको छ । यूएसएस ट्रिपोली हालै सिंगापुरतर्फ अघि बढिरहेको देखिएको थियो । यद्यपि अमेरिकी उच्च अधिकारीहरूले इरान विरुद्धको अभियान सफलतापूर्वक अघि बढिरहेको दाबी गर्दै आएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

आज घोडेजात्रा पर्व मनाईदै, उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा पर्व मनाईदै, उपत्यकामा सार्वजनिक बिदा

वि.सं.२०८२ चैत ४ बुधवार १०:४७

काठमाडौं: प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने परम्परागत घोडेजात्रा...