दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज
वि.सं.२०८२ फागुन २० बुधवार १४:३०
1.3K
shares
काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कोलकातास्थित इडेन गार्डेन्स मैदानमा साँझ ७:१५ बजे शुरु हुनेछ । दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउने दाउमा हुनेछ ।
न्युजिल्याण्ड पनि दक्षिण अफ्रिकाको लयमा पूर्णविराम लगाउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । दक्षिण अफ्रिका सुपर ८ को समूह-१ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो भने न्युजिल्याण्ड समूह-२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
न्युजिल्याण्ड दोस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छ । यसअघि न्युजिल्याण्ड सन् २०२१ को विश्वकप फाइनल खेले पनि अष्ट्रेलियासँग पराजित भएको थियो । यस्तै दक्षिण अफ्रिका दोस्रो पटक लगातार फाइनलमा स्थान बनाउन चाहन्छ । अघिल्लो पटकको फाइनलमा दक्षिण अफ्रिकाले भारतलाई उपाधि सुम्पिएको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा बिहीबार साविक विजेता भारत र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।
वि.सं.२०८२ फागुन २० बुधवार १४:३०



















