YouTube Link

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

Facebook Link

काठमाडौं: राष्ट्रिय लिग फुटबल आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटनमा आज काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । आजै श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । तीन वर्षसम्म शीर्ष श्रेणीको शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्न नसक्दा आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक राष्ट्रिय लिग गर्न लागेको हो ।

 

हिमालय शेर्पा क्लब बाहेक ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट कपका ४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । विभागीय क्लबहरु, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपिएफसहित केहि क्लबले मात्र लामो समय तयारी गरिरहेका छन् । सुरुमा ‘ए’ डिभिजनका शीर्ष ६ टोली र एन्फा प्रेसिडेन्ट लिगका ४ टोली सहभागी हुने बताए पनि पछि ‘ए’ डिभिजनका सबै क्लबलाई सहभागीताका लागि खुल्ला गरिएको थियो ।

 

त्यसमा हिमालय शेर्पा बाहेक सबै टोलीले खेल्ने भएका छन् ।  प्रेसिडेन्ट लिगका सेमिफाइनलिष्ट बन्दै लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काँक्रेविहार स्पोर्टस क्लब लिगका लागि छानिए । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछन् ।  राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले २५ लाख र तेस्रो हुनेले १५ लाख पाउनेछन् । यसअघि, पहिलो संस्करण पुलिस क्लब र दोस्रो संस्करण थ्रीस्टार क्लबले यो लिग जितेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...