Texas College
YouTube Link

राष्ट्रिय लिग फुटबल आजदेखि सुरु

Facebook Link

काठमाडौं: राष्ट्रिय लिग फुटबल आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको उद्‍घाटनमा आज काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । आजै श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ । तीन वर्षसम्म शीर्ष श्रेणीको शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्न नसक्दा आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक राष्ट्रिय लिग गर्न लागेको हो ।

 

हिमालय शेर्पा क्लब बाहेक ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट कपका ४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । विभागीय क्लबहरु, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपिएफसहित केहि क्लबले मात्र लामो समय तयारी गरिरहेका छन् । सुरुमा ‘ए’ डिभिजनका शीर्ष ६ टोली र एन्फा प्रेसिडेन्ट लिगका ४ टोली सहभागी हुने बताए पनि पछि ‘ए’ डिभिजनका सबै क्लबलाई सहभागीताका लागि खुल्ला गरिएको थियो ।

 

त्यसमा हिमालय शेर्पा बाहेक सबै टोलीले खेल्ने भएका छन् ।  प्रेसिडेन्ट लिगका सेमिफाइनलिष्ट बन्दै लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काँक्रेविहार स्पोर्टस क्लब लिगका लागि छानिए । सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछन् ।  राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले २५ लाख र तेस्रो हुनेले १५ लाख पाउनेछन् । यसअघि, पहिलो संस्करण पुलिस क्लब र दोस्रो संस्करण थ्रीस्टार क्लबले यो लिग जितेका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...