YouTube Link

देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय थापा र शर्माले कानुनी परामर्श लिन थाले

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी परामर्श थालेका छन् । उनीहरू कानुनविद् तथा आफू निकटका नेतासँग निरन्तर छलफलमा जुटेका हुन् । हाल भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइए पनि पदाधिकारी तहमा कसैले उम्मेदवारी दर्ता नगरेको अवस्था छ ।

 

यसअघि बुधबार बिहान सभापति देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका थिए ।  बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वयसँगको भेटमा देउवाले कानुनी प्रावधानको अध्ययन गरेर निर्णय लिन सकिने बताएका हुन् ।

 

‘माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मेरै हस्ताक्षरमा उम्मेदवारी दर्ता भयो । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा पनि मैले नै हस्ताक्षर गरेँ । अब प्रत्यक्षतर्फ अर्कै साथीलाई हस्ताक्षर गर्ने अधिकार दिन कानुनले मिल्छ कि मिल्दैन, कानुनी रूपमा निर्क्योल गरौँ, म तयार छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले बताए । देउवाले वैशाखमा तय गरिएको १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन निश्चित भइसकेको भन्दै अहिले नै नेतृत्व परिवर्तनको विषय नउठाउन महामन्त्रीद्वयलाई आग्रह गरेका थिए ।

 

‘मैले सार्वजनिक रूपमा नै अब सभापतिको उम्मेदवार हुँदैन भनेको छु । विधान अनुसार पनि म सभापति बन्न पाउँदिन । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार वैशाख २८ देखि ३१ गतेसम्म हुने १५औँ महाधिवेशनबाट म उम्मेदवार हुँदैन । त्यतिबेलासम्म धैर्य गर्नुस्,’ उनले भनेका थिए । देउवाको भनाइ सुनेपछि महामन्त्रीद्वय थप छलफल आवश्यक रहेको बताउँदै निवासबाट बाहिरिएका थिए ।

 

महामन्त्रीद्वयले भृकुटीमण्डपमा आइतबारदेखि नीति र नेतृत्व परिवर्तनको मागसहित विशेष महाधिवेशन अघि बढाएका छन् । तर देउवा समूह र डा. शेखर कोइराला समूहले उक्त महाधिवेशनलाई मान्यता दिएका छैनन् । विवाद समाधानका लागि दुवै पक्षबाट वार्ता समिति गठन गरिएको थियो । संस्थापन र शेखर कोइराला समूहबाट बालकृष्ण खाण, रमेश लेखक, डा. मिनेन्द्र रिजाल र सहमहामन्त्री जीवन परियार सदस्य थिए भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरु घिमिरे र देवराज चालिसे वार्ता समितिमा सहभागी थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...