YouTube Link

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

Facebook Link

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित भएको छ । आफ्नो अन्तिम खेलमा बुधबार नेपाली टोली ४ विकेटले पराजित भयो । नेपालले अमेरिका र युएईसँगका समान दुबै खेल गुमाएको हो ।

 

नेपाल युएईसँग पहिलो खेलमा ५ विकेटले पराजित भयो । त्यस्तै अमेरिकासँग नेपाल पहिलो खेलमा १०६ रन र दोस्रो खेलमा ४ विकेटले खेल पराजित भयो । बुधबार नेपालले दिएको २४० रनको लक्ष्य युएईले ५ बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो ।

 

युएईका लागि मुहम्मद सहदादले सर्वाधिक ९६ रनको बनाए । मुहम्मदले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । मुहम्मद वसिम ७६ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड आउट भए । सोहेब खान २९ रन बनाउँदा ललित राजवंशीको बलमा एलबीडब्लु आउट भए ।  हर्षित कौशिक १३ रन बनाए । करणले ३, सन्दीप, ललिल र नन्दन यादवले समान १ विकेट लिए ।

 

आइसिसी एकेडेमी दुबईमा त्यसअघि टस जितेर युएईले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो । नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनायो । नेपालले दोस्रो ओभरमा नै ओपनर कुशल भुर्तेललाई गुमायो । कुशल २ रनमा आउट हुँदा नेपालले ४ रन मात्र बनाएको थियो । पहिलो पावर प्लेमा नेपालले १ विकेट गुमाउँदा ४१ रन जोड्यो ।

 

आसिफ शेख र भीम सार्कीले दोस्रो विकेटको लागि ७४ रनको साझेदारी गरे । आसिफ ३४ रन जोडेर रन आउट भए । लगत्तै कप्तान रोहित पौडेल २ रनमा आउट भए । ३ विकेट गुमाउँदा नेपालले मात्र ८७ रन बनायो । कमजोर सुरुवात गरेको नेपालको इनिङ्स त्यसपछि कुनैपनि खेलाडीले ठुलो इनिङ्स‌ खेल्न सकेनन् । ठूलो साझेदारी पनि बन्न सकेन । भीम चौथो विकेटको रुपमा आउट भए । ६८ बल खेलेर ७ चौका सहित ४८ रनको पारी खेलेर धुर्व परासरको बलमा आउट भए ।

 

त्यसपछि दीपेन्द्र सिंह ऐरी ३७ रनमा र आरिफ शेख ३० रनमा आउट भए । ४२.५ ओभरमा १ सय ८७ रन बनाउँदा नेपालले ७ विकेट गुमाएको थियो । लगत्तै करण केसी सामना गरेको पहिलो बलमा रनको खाता नखोली र नन्दन यादव पनि १ रनमा आउट भए ।

 

सातौं क्रममा आएका कुशल मल्लले नेपालको इनिङ्सलाई सम्हाले । ५१ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै ४५ रनको पारी खेले । सन्दीप लामिछाने  १५  र ललित राजवंशी ४ रनमा अविजित रहे । बलिङमा जुनेद सिद्दिकी, मोहम्मद जवादुल्लाह र धुर्व परासरले २/२ विकेट लिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...