YouTube Link

पहिलो पटक जित्यो भारतीय महिला क्रिकेट टोलीले विश्वकप

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ । दीप्ती शर्मा र शफाली वर्माको बलियो अलराउन्ड प्रदर्शनमा भारतले आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छायो ।

 

अन्तर्राष्ट्रिय क्रिकेटका दुबै फर्म्याट (एकदिवसीय र ट्वान्टी-२०) मा भारतीय महिला टोलीको यो पहिलो विश्वकप उपाधि हो । भारतले यसअघि सन् २०१७ मा एकदिवसीय र २०२० मा ट्वान्टी–२० फाइनलमा पराजित भएको थियो । त्यस्तै २०१८ र २०२३ को ट्वान्टी–२० विश्वकपमा टोली सेमिफाइनलमै रोकिएको थियो । अन्ततः लामो प्रतीक्षापछि भारतले विश्वकपको सपनालाई साकार पारेको छ ।

 

नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै २९८ रनको योगफल खडा गरेको थियो । भारतका लागि शफाली वर्मा र दीप्ती शर्माले अर्धशतकीय पारी खेले । शफालीले स्मृति मन्धनासँग मिलेर पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए ।  यसबाहेक विकेटकिपर ऋचा घोशले ३४ रनको योगदान गरिन् ।

 

जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका २४६ रनमा अल–आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर तथा कप्तान लौरा वोल्वार्ड्टको १०१ रनको पारी खेलेकी थिइन् । सातौं विकेटसम्म क्रिजमा रहेकी वोल्वार्ड्टले टोलीलाई पहिलो विश्वकप उपाधिसम्म डोर्याउन भने सकिनन् । दिप्तीले दक्षिण अफ्रिकाका पाँच खेलाडीलाई पेभिलियनको बाटो देखाइन् । ४२औं ओभरको पहिलो बलमा दिप्तीले नै वोल्वार्ड्टको विकेट लिँदै भारतलाई जित दिलाउन सफल भइन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...