YouTube Link

पहिलो पटक जित्यो भारतीय महिला क्रिकेट टोलीले विश्वकप

Facebook Link

काठमाडौं: भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ । दीप्ती शर्मा र शफाली वर्माको बलियो अलराउन्ड प्रदर्शनमा भारतले आइतबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकाको चुनौती ५२ रनले पन्छायो ।

 

अन्तर्राष्ट्रिय क्रिकेटका दुबै फर्म्याट (एकदिवसीय र ट्वान्टी-२०) मा भारतीय महिला टोलीको यो पहिलो विश्वकप उपाधि हो । भारतले यसअघि सन् २०१७ मा एकदिवसीय र २०२० मा ट्वान्टी–२० फाइनलमा पराजित भएको थियो । त्यस्तै २०१८ र २०२३ को ट्वान्टी–२० विश्वकपमा टोली सेमिफाइनलमै रोकिएको थियो । अन्ततः लामो प्रतीक्षापछि भारतले विश्वकपको सपनालाई साकार पारेको छ ।

 

नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै २९८ रनको योगफल खडा गरेको थियो । भारतका लागि शफाली वर्मा र दीप्ती शर्माले अर्धशतकीय पारी खेले । शफालीले स्मृति मन्धनासँग मिलेर पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए ।  यसबाहेक विकेटकिपर ऋचा घोशले ३४ रनको योगदान गरिन् ।

 

जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका २४६ रनमा अल–आउट भयो । दक्षिण अफ्रिकाका लागि ओपनर तथा कप्तान लौरा वोल्वार्ड्टको १०१ रनको पारी खेलेकी थिइन् । सातौं विकेटसम्म क्रिजमा रहेकी वोल्वार्ड्टले टोलीलाई पहिलो विश्वकप उपाधिसम्म डोर्याउन भने सकिनन् । दिप्तीले दक्षिण अफ्रिकाका पाँच खेलाडीलाई पेभिलियनको बाटो देखाइन् । ४२औं ओभरको पहिलो बलमा दिप्तीले नै वोल्वार्ड्टको विकेट लिँदै भारतलाई जित दिलाउन सफल भइन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...