YouTube Link

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग खेल्दै

Facebook Link

काठमाडौं: त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत नेपाली महिला टोलीले आज भारतसँग खेल्दैछ । सिलोङको जवहारलाल नेहरु रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।

 

एक वर्ष अर्थात् ३६५ दिनमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्न लागेको हो । पछिल्लो पटक यी दुई टोली काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा आमने–सामने भएका थिए । दुवै टोलीले आफ्नो पहिलो खेलमा इरानसँग पराजय ब्यहोरिसकेका छन् । दुई खेलमा स्पष्ट ६ अंक जोडेको इरान च्याम्पियन भइसक्यो ।

 

अब नेपाल र भारतबीचको खेल प्रतियोगिताको सेटअप अनुसार औपचारिकतामा मात्र सीमित हुनेछ । भारतविरुद्ध नेपाललाई इतिहास सुधार्ने अवसर छ । पछिल्ला तीन भेटमा नेपाललाई हराउन नसकेको भारत पनि यो भिडन्त निक्कै रोमाञ्चक हुनेछ ।

 

अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल र भारतले एकअर्कासँग खेल्न थालेको १५ वर्षभन्दा बढी भएको छ । यो १५ वर्षमा यी दुई टिमबीच १८ खेल भएका छन् । जसमा नेपालले मात्र तीन खेलमा जित हाँसिल गरेको छ । ११ खेल भारतको पक्षमा गएको छ भने चार खेल बराबरीमा टुंगिएका छन् ।

 

गत वर्ष भएको साफ च्याम्पियनसिपमा नेपाल विजयी भएको थियो । त्यो खेल नेपालले खेलेको इतिहासकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय खेल थियो ।  रेफ्रीको विवादास्पद निर्णयका कारण खेल करिव १ घण्टा १५ मिनेट रोकिएको थियो । तीन घण्टाभन्दा बढि समय लागेको त्यो खेलमा पछि नेपालले झण्डै २० हजार घरेलु समर्थकमाझ बाजी मार्यो । एक गोलले पछाडि परेको स्थितिलाई सावित्रा भण्डारीले सनसनीपूर्ण तरिकाले बराबरीमा ल्याएकी थिइन् ।

 

सन् २०२३ फेब्रुअरीमा पनि सावित्राले भारतको मुखैमा पुगिसकेको जित खोसेकी थिइन् । चेन्नईमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारतले दोस्रो हाफमा दुई गोलको अग्रता लिइसकेको थियो । निर्धारित समयसम्म नेपालले गोल फर्काउन सकेको थिएन । तर, इन्जुरी समयमा सावित्राले दुई गोल गरिन् ।

 

सन् २०१९ मा भारतले हिरो गोल्डकप आयोजना गरेको थियो । जतिबेला सावित्राकै दुई गोलमा नेपालले भारतविरुद्ध ऐतिहासिक पहिलो जित हासिल गरेको थियो । राउन्ड रोविन लिगमा नेपाल २–१ ले विजयी भएको त्यो खेलमा सावित्राले खेलको सुरआती सात मिनेटभित्र दुई गोल गरेकी थिइन् । यो खेललाई सावित्रा आफै पनि करिअरकै अविस्मरणीय खेलका रुपमा लिन्छिन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...