१६ सय जनाका लागि खुल्यो नेपाल प्रहरीमा जागिर
वि.सं.२०८२ असोज १० शुक्रवार ०९:१६
1.2K
shares
काठमाडौं: नेपाल प्रहरीले करिव एक हजार ६ सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रबार सूचना निकालेर एक हजार ५५३ प्रहरी जवान, कार्यालय सहयोगीतर्फ ११ हजाम, १५ कुचीकार र १५ खेलाडी गरी १५९४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न मात्र जाने पुग्नेछ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ ।

वि.सं.२०८२ असोज १० शुक्रवार ०९:१६



















