YouTube Link

यी हुन बंगलादेशविरुद्ध खेल्ने नेपालका २३ खेलाडी

Facebook Link

काठमाडौं: नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेल यहि भदौ २१ र २४ गते बंगलादेशको सिनियर टोलीविरुद्ध नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ५ः३० बजेदेखि दशरथ रंगशालामा हुनेछ ।

 

खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक म्याट रसले अन्तिम २३ टोली पनि सार्वजनिक गरिसकेका छन् । यस्तै बंगलादेशका प्रशिक्षक जाभिएर कार्बेराले पनि २३ सदस्यीय टोली छनोट गरिसकेका छन् । प्रशिक्षक रसले पहिलो खेलका लागि २३ खेलाडी सम्मिलित टोली घोषणासँगै अनुभवी फरवार्ड भरत खवास पनि टिममा परेका छन् । उनले खेल खेल्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

 

नेपाली टोलीमा किरण चेम्जोङ, दिप कार्की, टिकेन्द्र थापा गोलरक्षक रहेका छन् । अभिषेक लिम्बु, अनन्त तामाङ, रन्दिप पौडेल, रोहित चन्द, योगेश गुरुङ, सुमन श्रेष्ठ डिफेन्डरमा छन् भने आदित्य शाक्य, अमित लामा, एरिक विष्ट, दिनेश हेन्जन, लाकेन लिम्बु, कुशल देउवा, मणि लामा, रोहन कार्की, सुबास बम मिडफिल्डरमा रहने छन् ।

 

त्यस्तै अन्जन विष्ट, जिलेस्पी जंग कार्की, समिर तामाङ, सिर्जन राज गौतम, मनिष डाँगी, भरत खवास फरवार्डको जिम्मेवारीमा रहनेछन् ।

 

त्यसैगरी मुख्य प्रशिक्षकमा म्याट रस रहेका छन् भने अफिसियलमा टंकलाल राई (व्यवस्थापक), सल्यान खड्गी (सहायक प्रशिक्षक), विनोद डंगोल (गोलरक्षक प्रशिक्षक), पंकज शाही (एनालिस्ट), सुजन अमात्य (फिजियो) रहेको छ । खेल हेर्ने दर्शकहरुका लागि टिकट भने खल्ती एपमार्फत किन्न सकिनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...