YouTube Link

पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

Facebook Link

काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रममा रहेको छ । हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

 

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस र बागमती प्रदेशको तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशको पहाडी भूभागको केहि स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेस प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भू-भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...