YouTube Link

प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

World Cup 2026
Facebook Link

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।

 

उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने आर्थिक विधेयक, २०८२, र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ । यस्तै, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ समेत पातिर गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए ।

 

त्यसैगरी प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणलगायत समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री ओली स्पेनको सेभिल्लामा आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ सहभागी हुन आज बेलुका जान लागेका हुन् ।

 

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सम्मेलनलाई प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र नेपालको प्रधानमन्त्रीका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेद्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त अवसरमा केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...