YouTube Link

अनुहारको छालामा चमक ल्याउन लगाउनुहोस् यी पाँच चीज

Facebook Link

गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको सबै सौन्दर्य हराएर जान्छ । अत्यधिक गर्मीले छालामा नराम्रो असर गर्छ । यसबाहेक घामको किरणका कारण छालामा टेनिङ र पिग्मेन्टेसनको समस्या पनि आउँछ । तर, छाला हेरचाह विशेषज्ञहरूले केही विशेष चीजहरूको बारेमा बताएका छन्, जुन सुत्नु अघि अनुहारमा लगाउनाले छालालाई स्वस्थ र चम्किलो राख्छ । राती सुत्नुअघि अनुहारमा लगाउने के-के चीजहरू हुन् ? जो छालाको चमक कायम राख्न मद्दत गर्छ र छालासँग सम्बन्धित समस्याहरू पनि टाढा राख्छ । सफा र चम्किलो छाला कायम राख्नका लागि यी पाँच चीज प्रयोग गर्न सकिन्छ ।

 

एलोवेरा जेलः

एलोभेरा जेल छालाको लागि धेरै लाभदायक सावित हुन्छ । विशेषगरी गर्मी मौसममा यसले छालालाई राम्रोसँग मोइस्चराइज गर्छ । एलोवेरा जेलले छालालाई शीतलता प्रदान गर्दछ र घामको टेनिङ र घामको क्षतिबाट राहत प्रदान गर्दछ । राति अनुहार राम्ररी धोएपछि अनुहार सुकाउनुहोस् । यसपछि एलोभेरा जेलले अनुहारमा केही समय मसाज गर्नुहोस् र त्यसपछि सुत्नुहोस्। बिहानै तपाईँको छाला हाइड्रेटेड र चम्किलो देखिनेछ ।

 

टी ट्री आयलः

टी ट्री आयल छालालाई पोषण दिन्छ र छालाको धेरै समस्याहरू पनि हटाउँछ । यसले छालालाई मोइस्चराइज गर्छ र यसको साथसाथै अनुहारमा पिम्पल, दाग, जलन, घामको ट्यानिङ पनि हटाउँछ । यसको मद्दतले छालाको संक्रमणबाट पनि राहत मिल्छ । यसलाई नरिवलको तेलमा मिसाएर राती सुत्नुअघि अनुहारमा लगाउनु पर्छ । केही समय मसाज गरेपछि भिजेको कपासले अनुहार सफा गर्नुहोस् र सुत्नुहोस् ।

 

गुलाब जलः

घरमा गुलाब जल राख्नुपर्छ । यसलाई प्राकृतिक र उत्तम छाला हेरचाह भनिन्छ । गर्मीमा गुलाब जलले अनुहारको चमक कायम राख्छ र छालालाई प्राकृतिक रूपमा टोन गर्छ । जसले गर्दा छाला सफा र चम्किलो देखिन थाल्छ । राति सुत्नुअघि ग्लिसरीनमा गुलाब जल मिसाएर अनुहारमा लगाएर केही समय मसाज गर्नुहोस । बिहान फरक अनुभव प्राप्त गर्नु हुनेछ ।

 

नरिवल तेलः

नरिवलको तेललाई आयुर्वेदमा छालाको लागि बरदान भनिएको छ । यसले छालालाई प्राकृतिक रूपमा मोइस्चराइज गर्छ । यसले छालालाई आवश्यक पोषण प्रदान गर्छ । छालालाई हाइड्रेटेड राख्नुका साथै यसले छालासँग सम्बन्धित धेरै समस्याबाट पनि बचाउँछ । यसको मद्दतले छालाको टोन पनि हट्छ र छाला चम्किलो हुन थाल्छ । राति अनुहारमा मनतातो नरिवलको तेल लगाउनाले अनुहारमा चमक आउन थाल्छ ।

 

भिटामिन सी सीरमः

भिटामिन सी सीरमको मद्दतले छालामा कोलाजेन उत्पादन बढ्छ । यो सीरमले अनुहारलाई संक्रमणबाट बचाउँछ र छालालाई जवान राख्न मद्दत गर्छ । यसको मद्दतले छालालाई मोइस्चराइजेसन प्राप्त हुन्छ र रंग सफा हुन्छ। यसले दाग धब्बा कम गर्छ र छालालाई चम्किलो बनाउँछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...