YouTube Link

विगत २७ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा, ऐक्यबद्धता जनाउन पुगे माधव नेपाल र झलनाथ खनाल

Facebook Link

काठमाडौं: चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन सोमबार २७ औँ दिनसम्म आईपुग्दा पनि जारी नै रहेको छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू सडकमा उत्रिएका हुन् । उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर प्रदर्शन गर्दै आएका छन् ।

 

प्रदर्शनकै क्रममा आइतबार प्रहरीले शिक्षकहरूमाथि हस्तक्षेप गरेको थियो । सो क्रममा केही शिक्षक घाइते भएका थिए । शिक्षकहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धताको लागि पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल पनि पुगेका छन् ।

 

आन्दोलनस्थल बिजुलीबजार पुगेपछि प्रहरी र शिक्षकहरूले सुरक्षा पनि दिएका थिए । हिजो नै उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सञ्जालबाट जारी शिक्षक आन्दोलनको समर्थनमा आज अध्यक्ष  नेपाल जाने जानकारी दिएका थिए । उनीहरुले नेपाल शिक्षक महासंघका पदाधिकारीसँग संक्षिप्त भेट गरी फर्किएका छन् । उनीहरू पुगेपछि शिक्षकहरूले ‘शिक्षा ऐन जारी गर, पुरानो ऐन खारेज गर’ लगायतका नारा लगाएका थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...