YouTube Link

अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक

World Cup 2026
Facebook Link

काठमाडौं: अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

 

समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । ‘हरपल हरक्षण’मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हल्का हल्कमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठको स्वर रहेको छ ।

 

त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ । त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिएका छन् भने सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन् ।

 

गीतसंगीत, साहित्य तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पाँच सयको हाराहारीमा उपस्थिति रहेको समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राखेका थिए । पूर्वमन्त्री एवं गीतकार कोइरालाले स्वागत मन्तव्य राख्दै बान्तु बहुआयामिक व्यक्तित्व भएको भन्दै उनीमा विलक्षण प्रतिभा रहेको बताए । ‘हामी भोजपुरे हौ, लामो समयदेखि एकअर्कालाई चिन्छौ, बान्तुमा कवि व्यक्तित्व जति शसक्त छ गीत लेखन र संगीतमा पनि अब्बल भएको म पाउँछु’, कोइरालाले भने ।

 

भीम विराग प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले गीतसंगीत साहित्यले मानिसलाई जोडने बताउँदै कवि बान्तुका बारेमा लेखेको कविता वाचन गरेका थिए । त्यस्तै गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले बान्तुले गीतकारको अक्षय कोष स्थापना गरेर ठूलो कार्य गरेको सम्झना गर्दै उनको व्यक्तित्वको बारे चर्चा गरेका थिए । निर्देशक एवं नायिका दीपाश्री निरौलाले बान्तुको एउटा गीतमा आफूले पनि अभिनय गरेको सम्झना गर्दै उहाँ सर्वप्रिय व्यक्तित्व भएको चर्चा गरे । ‘मैले एउटा उहाँको गीतमा अभिनय पनि गरेकी छु, अमर बान्तु सबैका प्रिय व्यक्तित्व हुनुहुन्छ । गीतकार एवं कविका रूपमा चिनिनुभएका बान्तु संगीतकारका रूपमा रहेको र अभिनय पनि उक्तिकै सशक्त छ’, निर्देशक निरौलाले भने ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बान्तुको लेखनमात्र नभएर कविता वाचनकला पनि सशक्त रहेको जिकिर गरे । ‘उहाँ गीत कविता लेखनमा जति सशक्त हुनुहुन्छ, वाचनमा पनि आफ्नै मौलिकता रहेको छ’, लेकालीले भने । वरिष्ठ गीतकार गीतकार राजेन्द्र थापाले धेरै पत्रै पत्रमा बान्तुको खुबी रहेको बताउँदै ‘सयपत्री’ नाम दिन चाहेको बताए ।

 

आफ्ना केही भावी योजना सुनाउँदै स्रष्टा बान्तुले सबैको साथ, सहयोग र आर्शिवादका लागि धन्यवाद व्यक्त गरे । ‘एकल अकेस्टिक कविता वाचन, एकल अकेस्टिक सांगीतक साँझ र आटो वायोग्राफी प्रकाशन गर्ने भावी कार्यक्रम छन्,’ उनले जानकारी गराए । मिलापका सम्पादक कृष्ण भुसालले बान्तुका विविध पक्षको चर्चा गर्दै उहाँका कार्य सामाजका लागि उदाहरणीय भएको बताए । बान्तुका गीतमा जीवनको वास्तविकता, समवेदना र दर्शन पाइने सम्पादक भुसालको भनाइ थियो । विगत १५ वर्षदेखि निरन्तर मासिक रूपमा मिलाप प्रकाशन गर्दै आएको र पब्लिेकशनमार्फत अन्य केही कृति पाठकमाझ ल्याएको उनले जानकारी गराए ।

 

हालै मिलापकी कार्यकारी सम्पादक गीत अधिकारीको ‘मेरा कलमका डोबहरू पाठकमाझ ल्याएको जानकारी गराउँदै उनले चाडै गीतकार जनक रावलको गीतिसंग्रह पाठकमाझ ल्याउने तयारीमा रहेको जानकारी गराए । गीतकार एवं कुशल प्रस्तोता नरेश भट्टराईले सहजीकरण गरेको सो समारोहमा स्रष्टा बान्तुलाई मिलाप आवरण सम्मान अर्पण गरिएको थियो । एक हजारभन्दा बढी गीत रचना गरिसकेका बान्तुका १५० भन्दा बढी गीत रेकर्ड छन् । केही गीत करोडौं क्लबमा पनि छन् ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...