YouTube Link

ताप्लेजुङको फुङलिङ बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Facebook Link

ताप्लेजुङ: ताप्लेजुङको फुङलिङ बजार क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुनसक्ने प्रदर्शन, हुलदंगा, झडप र प्रतिकूल स्थितिलाई ध्यान दिँदै फागुन ११ गते बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । शनिबार मात्र ताप्लेजुङमा झडप हुँदा १० जना घाइते भएका छन् ।

 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) बमोजिम ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बजार क्षेत्रका लागि निषेधाज्ञा जारी गरेका हुन् । जस अनुसार निषेधित क्षेत्रमा ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस,  प्रदर्शन, घेराउजस्ता कार्यक्रम गर्न निषेध गरिएको गरिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन् । आदेश उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनैपनि व्यक्ति वा समूह उपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

 

प्रशासनले फुङलिङ नगरपालिका बजार क्षेत्र, पूर्व- फुङलिङ नगरपालिका वार्ड नं ७, सल्लेरी, पश्चिम- फुङलिङ नगरपालिका वार्ड नं ७, घोडेचौर (थलाङ धारा क्षेत्र सम्म) र उत्तरमा फुङलिङ नगरपालिका वार्ड नं ४, उकालीपानीलाई निषेधाज्ञा लगाइएको छ । दक्षिणमा फुङलिङ नगरपालिका वार्ड नं ६, शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोलसम्म तोकिएको छ । त्यस्तै काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रलाई पनि निषेधाज्ञा लगाएको छ । पूर्व- पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिम बल्लुडाँडा/डडेले इलाका, उत्तर-केबलकार बेस स्टेसन/पानीको मुहान इलाकाको १०० मिटर, दक्षिण-नयाँ बसपार्क इलाकाको १०० मिटर (जंगल इलाका समेत) लाई आधार मानेर निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...