Texas College
YouTube Link

बिहीबार मध्यराती १० जना डीआईजीको सरुवा, को कहाँ पुगे ?

Facebook Link

काठमाडौं: नेपाल प्रहरीका १० जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराती १० जना डीआईजीको सरुवा सूचना सार्वजनिक गरिएको हो ।

 

यो निर्णयसँगै नेपाल प्रहरीका ४ वटा प्रदेशका प्रमुखसमेत हेरफेर भएका छन् । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रहरी प्रमुख हेरफेर गरिएको हो । कोसी प्रदेशका प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई सीआईबी सरुवा गरिएको छ । विशेष ब्युरोमा कार्यरत राजन अधिकारीले कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन् ।

 

गण्डकी प्रदेश प्रहरी प्रमुख दुर्गा सिंहलाई पनि प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । उनलाई केही दिनमै एआईजीमा बढुवा गर्ने तयारी रहेकाले समन्पवय विभागमा ल्याइएको हो । हालै डीआईजीमा बढुवा भएका भोला बहादुर रावलले प्रदेश प्रहरी प्रमुखको जिम्मा पाएका छन् ।

 

लुम्बिनीमा डीआईजी दानबहादुर कार्कीलाई सरुवा गरिएको छ । त्यहाँ कार्यरत कुवेर कडायतलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । उनले अब प्रहरी प्रवक्ताको समेत जिम्मेवारी पाउनेछन् । डीआईजी मनोजकुमार केसीलाई भने प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा यथावत् राखिएको छ । उनीसँगै डीआईजी बनेका दुवै जनाले प्रदेश प्रमुखको जिम्मा पाएका छन् ।

 

सदूरपश्चिमका प्रहरी प्रमुख रवीन्द्र केसीलाई विकास निर्देशनालयमा सरुवा गर्दै त्यहाँ हालै बढुवा भएका गणेश चन्दलाई खटाइएको छ । यसअघि काजमा खटाइएका लालमणि आचार्य मधेसमा र जनक भट्टराईको कर्णाली प्रदेश प्रहरी प्रमुखमा सरुवा कायम गरिएको छ ।

सूची सहितः

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...