YouTube Link

रोहितको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सको पहिलो जित

Facebook Link

काठमाडौं: रोहित पौडेलको अलराउन्ड प्रदर्शनसँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । रोहितले ८० रन जोडेर ४ विकेट लिँदा लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो ।

 

लगातार ४ खेल हारेको लुम्बिनीलाई प्लेअफ सम्भावना जीवित्तै राख्न चितवनविरुद्धको खेल जित्नै पर्ने दबाब थियो । यो खेल हारेको भए लुम्बिनीको प्लेअफ खेल्ने सम्भावना समाप्त हुने समीकरण थियो । तर, १६८ रनको लक्ष्य पछ्याएको चितवनको निर्धारित २० ओभरमा ८ विकेट लिएर १३८ रनमै रोक्दै लुम्बिनीले प्रतियोगितामा पुनरागमन जित निकालेको हो ।

 

लुम्बिनीले पाँच खेलमा पुगेर जितविहीन यात्रा टुंगाएको छ । लुम्बिनीले विराटनगर किङ्ससँग दुई र पोखरा एभेन्जर्ससँग १० विकेटको हार बेहोरेको थियो । यस्तै, सुदूरपश्चिम रोयल्सलाई ४५ र जनकपुर बोल्ड्सलाई एक रनको नतिजा सुम्पियो ।  तीन खेल जितेको चितवनको भने यो प्रतियोगितामा दोस्रो हार हो । चितवनले काठमाडौं गुर्खाजलाई पाँच विकेट र पोखरालाई ८७ रनले पराजित गर्दै प्रतियोगितामा सानदार सुरुआत गरेको थियो । तर, कर्णाली याक्सलाई ६ विकेटको नतिजा सुम्पियो ।

 

चौथो खेलमा सुदूरपश्चिमविरुद्ध ३३ रनको जित हासिल गर्दै चितवनले तालिकामा ६ अंक पुर्‍याएको थियो । यो जितले चितवनलाई जनकपुर र सुदूरपश्चिमलाई उछिन्दै शीर्षमा पुग्ने अवसर थियो । तर, चितवनले उक्त अवसर सदुपयोग गर्न सकेन । चितवनका लुक बेनकेन्स्टाइनले सर्वाधिक ३१ रन बनाए । २९ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । कप्तान कुशल मल्लले २०, रवी बोपाराले १२ र सन्तोष कार्कीले १० रन लिँदा रिजन ढकाल १५ र नर सार्की २२ रनमा अविजित रहे । अन्यको ब्याटिङ चल्न सकेन ।

 

रोहितले ४ ओभरमा ४ विकेट लिन १७ रन खर्चिए । रोमन साइमन्डले २ तथा साद बिन जाफर र अभिषेक गौतमले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । पहिलो पावर प्ले मै (१.३ ओभरमा २-१) दुई विकेट लिँदै चितवनले लुम्बिनीलाई दबाबमा राखेपनि सोहेल तनवीरले दिएको जीवनदान महंगो बन्न पुग्यो । १०औं ओभरको अन्तिम बलमा उनले सट फाइन लेगमा जाफरलाई पाँच रनमा जीवनदान दिएका थिए । कुशलको बललाई उनले स्वीप गरेका थिए । तर, तनवीरले सहज क्याच छाडे ।

 

सोहीको फाइदा उठाउँदै जाफरले कप्तान रोहितसँग पाँचौं विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे । एनपिएलमा यो चौथो शतकीय साझेदारी हो । रोहितले सर्वाधिक ८० रन बनाए । ५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे । एनपिएलमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको इनिङ्स खेलेका थिए ।

 

जाफर भने ५२ रनमा रन आउट भए । ३५ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका हुन् । सन्दीप जोरा ४ रनमा अविजित रहँदा आशुतोष धिरौया एक, अर्जुन साउद १५, टम मुर्स १० र उन्मुक्त चन्द शून्य रनमा पभिलियन फर्किए । चितवनका रिजन ढकालले सर्वाधिक ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए । कुशल मल्ल र रञ्जित कुमारको नाममा समान एक विकेट रह्यो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...