YouTube Link

लिओनल मेसी ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परे

Facebook Link

एजेन्सीः लिओनल मेसी सन् २०२३-२४ सिजनको सर्वोत्कृष्ट फुटबलरको लागि ‘फिफा दि बेस्ट अवार्ड’ को मनोनयनमा परेका छन् । उनी मनोनयनमा पर्ने युरोपेली लिग बाहिरका एक्लो खेलाडी हुन् ।

 

अमेरिकाको मेजर लिग सकर (एमएसएल) क्लब इन्टर मायमीमा हात पारेको उपलब्धि र अर्जेन्टिनासँग कोपा अमेरिकाको उपाधि जितेका मेसी  उत्कृष्ट ११ पुरुष फुटबलरको सूचीमा परेका छन् । मेसीको करिअरसँग तुलना गर्दै आएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा परेका छैनन् । उनी साउदी अरेबियन क्लब अल नासरमा खेलिरहेका छन् ।

 

बार्सिलोना र पीएसजीका पूर्वखेलाडी मेसी फिफा दि बेस्ट अवार्डका सर्वाधिक ३ पटक जितेका छन् । उनले पछिल्ला दुई (सन् २०२२ र २०२३) मा पनि सर्वोत्कृष्ट पुरुष फुटबलरको अवार्ड जितेका थिए । पोर्चुगिज स्टार रोनाल्डो र पोल्यान्डका रोबर्ट लेवन्डोव्स्कीले २-२ पल्ट अवार्ड हात पारेका थिए भने क्रोएसियन मिडफिल्डर ल्युका मोडरिचले एकपल्ट जितेका थिए ।

 

यसपालि मेसीले अवार्ड जित्न युरोपेली लिग खेलिरहेका १० खेलाडीसँग कडा प्रतिस्पर्धा हुनेछ । मनोनयनमा स्पेनी क्लब रियल मड्रिडका किलियन एम्बाप्पे (फ्रान्स), जुड बेलिंघम (इङ्ल्यान्ड), डानिएल कार्भाहाल (स्पेन), फेडेरिको भाल्भेर्डे (उरुग्वे) र भिनिसियस जुनियर (ब्राजिल) छन् । म्यानचेस्टर सिटीका इर्लिङ हालान्ड (नर्वे) र रोड्रिगो हर्नान्डेज (स्पेन), बायर लेभरकुजनका फ्लोरियन विर्ज (जर्मनी), बार्सिलोनाका नयाँ स्टार लेमिन यमल (स्पेन) र संन्यास लिइसकेका रियलकै पूर्वप्लेमेकर टोनी क्रुज (जर्मनी) पनि छन् ।

 

फिफाले सार्वजनिक गरेको मनोनयन सूचीमा विश्वकप २०२२ च्याम्पियन टिम अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनी र गोलकिपर एमिलानो मार्टिनेज पनि आ-आफ्ना विधामा मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकको मनोनयनमा स्कालोनीसँगै रियलका कार्लो एन्सेलोटी, युरो कप विजेता स्पेनका लुईस डे ला फ्युएन्टे, प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजनका जाबी अलोन्सो छन् । यो अवार्डको नवौं संस्करणको लागि फिफाले सर्वोत्कृष्ट महिला फुटबलर, गोलकिपर र प्रशिक्षकको मनोनयन पनि सार्वजनिक गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...