YouTube Link

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

Facebook Link

काठमाडौं: कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले शपथ लिएका छन् । कांग्रेस कोसीका महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भूपेन्द्र राईको नेतृत्वमा कांग्रेस कोसी सरकारमा सहभागी भएको हो ।

 

कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाए । राई भौतिक पूर्वधार मन्त्री बनेका छन् भने सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र खगेनसिङ हाङगाम उद्योग, कृषि तथा सहकारीमन्त्री नियुक्त भएका छन् । भौतिक पूर्वाधार राज्यमन्त्रीमा झापाका भूमिप्रसाद राजवंशीले शपथ लिएका छन् । एउटा मन्त्रालय भने कांग्रेसले अझै खाली राखेको छ ।

 

गत साउन १२ मै कोसी सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस डेढ महिनापछि शुक्रबार मन्त्रीसहित सरकारमा गएको हो। योसँगै कोसीमा २ राज्यमन्त्रीसहित एमाले–कांग्रेस गठबन्धनको १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...