YouTube Link

उमाकुण्डमा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

Facebook Link

रामेछाप: उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । पालिकाको सभाहलमा भएको कार्यक्रममा पालिका अध्यक्ष शेर बहादुर सुनुवारले अन्य पालिकाभन्दा उत्कृष्ट काम उमाकुण्डमा भएको बताउँदै भूगोलको हिसाबले दुर्गम पालिका भएपनि यस गाउँपालिकामा राम्रो कामहरु भएको बताए ।

 

अध्यक्ष सुनुवारले जनप्रतिनिधि कर्मचारी मिलेर जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए  । कर्मचारी वा जनप्रतिनिधिले आफ्नो गुनासो सिधै सम्बन्धित व्यक्तिसँग गर्न आग्रह गर्दै पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरेर एकले अर्काको कुरा काटेको भन्दै त्यस विषयलाई लिएर आफू गम्भीर भएको बताउँदै सबैलाई ध्यानाकर्षण गराउँदै जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न आग्रह गरे ।

 

 

कार्यक्रममा पालिका उपाध्यक्ष सावित्री सुनुवारले सबै कर्मचारी र जनप्रतिनिधि एक अर्कासँग मिलेर काम गर्न अघि बढेमा मात्र पालिका समृद्ध हुने बताए । सबै शाखासँग समन्वय र सहकार्य गरेर एकले अर्काको कुरालाई समर्थन गर्दै जनताको हितमा काम गर्नुपर्ने बताए । पालिका प्रवक्ता एवं उमाकुण्ड-७ का वडा अध्यक्ष रुद्रमणि नेवारले पालिकाबाट कुन कर्मचारी कति बेला कहाँ गए भन्ने कुरा अध्यक्षलाई थाहा नहुने सचिव हिडेको वडा अध्यक्षलाई थाह नहुने र कसरी कार्य सम्पादन मा पारदर्शी हुन्छ भन्दै प्रश्न गरे । उनले सबै एक अर्कामा हातेमालो गरेर काम गर्नुपर्नेमा जोड दिए । जनप्रतिनिधि वा कर्मचारी कसैको कमिकमजोरी भए आगामी दिनमा त्यसलाई सुधारेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 

 

कार्यक्रम शाखाका सबै कर्मचारी प्रमुखले आ-आफ्नो विभागको कामका बारेमा रिपोर्टिङ गरेका थिए भने सबै वडा सचिवहरुले आ.व ०८०/०८१ को रिपोर्टिङ पेस गरेका थिए । कार्यक्रममा उमाकुण्डका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, कर्मचारी, पत्रकारको उपस्थिति रहेको थियो  ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...