YouTube Link

आईफोन १६ सार्वजनिक, कति मूल्य पर्छ, के छन् त फिचर ?

Facebook Link

एजेन्सीः ट्रिलियन डलर कम्पनी एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ । सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ सार्वजानिक गरेको हो ।

 

नयाँ आईफोनमा एप्पल बौद्धिकताले भरिपूर्ण छ भने हार्डवेयरमा केही परिवर्तन देखिएको छ । नयाँ आईफोन सेतो, कालो, टिल (गाढा नीलो-हरियो), एक्वामरिन (हरियो-नीलोबाट नीलो हरियो) र गुलाबी स्वरुपमा आएको छ । नयाँ आईफोन ६.१ इन्च (आईफोन १६) र ६.७ इन्च (आईफोन १६ प्लस) दुई आकारमा उपलब्ध भएको छ ।

 

आईफोन १६ लाइन नयाँ बटनहरुका साथ आएको छ । पहिलो आफूअनुकूल पार्न मिल्ने ‘एक्सन बटन’ जसले म्युट बटनलाई प्रतिस्थापन गरी प्रयोगकर्तालाई शब्दसमूह अनुवादद्वारा जे पनि गर्न दिने वा सर्टकट प्रोग्रामिङको सुविधा जस्तो कि फ्लासलाइट बाल्ने वा क्यालेन्डर खोल्न सकिन्छ । यसबाहेक एप्पलले फिजिकल बटन थप गरेको छ । औँला धसेर सहजै क्यामेरा खोल्न सकिन्छ । १७ प्रतिशत बढी सिस्टम मेमोरी ब्यान्डविथसहित आएको छ । यसमा ग्लास सेरामिक स्क्रिन छ जुन अघिल्लो मोडलको तुलनामा ५० प्रतिशत कडा र ४० प्रतिशत द्रुत जीपीयूयुक्त रहेको कम्पनीले उल्लेख गरेको छ ।

 

नयाँ आईफोन १६ मा क्यामेरा नियन्त्रण गर्ने फिचर छ । फोनको किनारामा यसका लागि बटन छ । यसले प्रयोगकर्तालाई ‘भिजुअल इन्टेलिजेन्स’मा पहुँच दिनेछ । अर्थात् कुनै रेस्टुराँतिर क्यामेरा सोझ्याउँदा त्यसबारेका रिभ्युहरु, मेनु र कसरी रिजर्भ गर्ने सबै कुराको जानकारी मिल्छ । यसमा रहेको भिजुअल इन्टेलिजेन्सबाट कुनै कुकुरबो प्रजातिजस्ता सूचना आईफोन १६ ले दिन्छ । एप्पले आफ्नो नयाँ आईफोनमा च्याटजीपीटी बनाउने ओपनएआईसँगको यसअघि घोषित साझेदारीलाई पनि समावेश गरेको छ । जुन यसका केही फिचरमा आएका छन् ।

 

नयाँ आईफोन १६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ । त्यस्तै आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुन्छ । नयाँ एप्पल आईफोन १६ प्रो ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । आईफोन १६ प्रो म्याक्स भने १ हजार १९९ अमेरिकी डलरबाट सुरु हुने सोमबार कम्पनीले जनाएको छ । आगामी शुक्रबारबाटै कम्पनीले दुवै मोडलको अग्रिम बुकिङ खुल्ला गर्ने जनाएको छ । यो भनेको अघिल्लो आईफोन १५ प्रोकै मूल्यबराबर हो । आईफोन बाहेक कम्पनीले एप्पल वाच, एयरपड पनि सार्वजनिक गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...