YouTube Link

दोरम्बा पहिरोमा परी ६ जनाको मृत्यु, ४ जना बेपत्ता

Facebook Link

रामेछाप: रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेखखर्कमा गएराती गएको पहिरोमा परी हालसम्म ६ जनाले ज्यान गुमाए छन् । घटनामा सोही ठाउँका ११ वर्षीय अन्जना श्रेष्ठ घाइते भएकी छिन् भने ४ जना बेपत्ता भएका छन् । वेपत्ताहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

 

घाईते श्रेष्ठको कम्मरभन्दा मुनिको भाग नचल्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उनको उपचारका  लागि दोरम्बा स्वास्थ्य चौकीबाट चिकित्सकको टोली बोलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकव छ । प्रहरीका अनुसार पहिरोमा परि दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेखखर्क बस्ने ३० वर्षीय चण्डिका श्रेष्ठ र सोही ठाउँका १८ महिनाका नाबालक आमुष श्रेष्ठको मृत्यु भएको छ । त्यस्तै सोही ठाउँका ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

 

आज बिहान लेखखर्कस्थित पहरी गाउँमा अविरल वर्षाका कारण गाउँ माथिबाट भल बाढी र पहिरो आई ३ वटा घर बगाएको र एक घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घटनास्थलमा रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षकको टोली सहित ११ जनाको टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा खोजी उद्धारको काम जारी रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...