YouTube Link

गोरखा मिडिया नेटवर्कमा जागिर मात्र गरेको हुँ, सहकारीबाट लिइएको ऋणको विषयमा जिम्मा लिन सक्दिनँ: रवि लामिछाने

World Cup 2026
Facebook Link

काठमाडौं: सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी ठगी प्रकरणसँग जोडिएका ५० जनासँग सोधपुछ गरेको छ ।

 

समितिका सभापति सूर्य थापाका अनुसार सहकारी ठगेको आरोपमा जेल सजाय भोगिरहेका २० जनासहित शुक्रबारसम्म ५० जनासँग बयान लिइएको हो । सभापति थापाले बचत अपचलन, ठगी र यसको समाधानबारे छलफल गरेर तथ्यको आधारमा सत्यमा पुग्नका लागि कोसिस भएको दाबी गरे । उनले भने, ‘अहिलेसम्म ५० जनासँगको सोधपुछ भयो ।  जेलभित्रबाट २० जना ल्याइएको छ । राजधानी र बाहिरबाट पनि बोलाएर छलफल गरेका छौँ । बचत अपचलन, ठगी र यसको समाधानबारे छलफल गरेर तथ्यको आधारमा सत्यमा पुग्नका लागि कोसिस भएको छ ।’

 

उनले शुक्रबार पूर्व गृहमन्त्री रवि लामिछानेसँग पनि बयान लिइएको बताउँदै उनलाई ५१ वटा प्रश्न सोधिएको जानकारी दिए । लामिछानेले सबै प्रश्नमा सविस्तार जवाफ दिएका छन् । उनले दिएको जवाफ जस्ताको तस्तै पेस गर्ने समेत सभापति थापाले बताए । उनले भने, ‘उनले दिएको जवाफ जस्ताको तस्तै हामी पेस गर्छौँ । प्रतिवेदनमा लेखनमा पनि समावेश गर्छौँ । अनुसूचीमा पनि राख्छौँ ।’

 

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले शुक्रवार लिएको बयानमा लामिछानेले आफूले कुनैपनि सहकारीबाट ऋण नलिएको दाबी गरे । गोरखा मिडिया नेटवर्क प्रालि तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग सहकारीबाट मिडिया नेटवर्कका लागि सहकारीबाट लिइएको ऋणको विषयमा विभिन्न प्रश्न गरिएको थियो ।

 

‘मैले १५ प्रतिशत स्वेट शेयर वापत लिएको थिएँ । यो कुरा सार्वजनिक रूपमा पनि भनिसकेको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै समितिका एक सदस्यले भने, ‘म सहकारीको सदस्य हैन । कुनैपनि ऋण सहकारीबाट लिएको छैन । म सहकारीबाट मिडियाले लिएको ऋणको जिम्मा लिन सक्दिनँ ।’ समिति सदस्यका अनुसार, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग व्यवसायिक सम्बन्ध मात्र रहेको लामिछानेले  बताएका थिए । विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमका सम्बन्धमा उनले अनविज्ञता देखाए । ‘आर्थिक व्यवस्थापनको पाटोमा मलाई कुनै जानकारी हुने कुरा भएन । छैन पनि,’ लामिछानेले भने ।

 

विभिन्न सहकारीबाट लिइएको ऋण र आफ्नो नाममा लिइएको ऋण, कागजात लगायतका सबै विषयहरूमा आफ्नो कुनै जानकारी र संलग्नता नरहेको लामिछानेको जिकिर थियो । गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रूपमा मात्र कार्य गरेको उल्लेख गर्दै लामिछानेले आर्थिक र व्यवस्थापकीय पाटोमा  नेटवर्कका अध्यक्ष जीवीराईलाई जानकारी हुने बताएका थिए । समितिले सोधेका कतिपय प्रश्नमा लामिछानेले ठाडै अस्वीकार गरेका थिए । बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको  दावी गरेका थिए । ‘गोरखा मिडिया नेटवर्कमा जागिर मात्र गरेको हुँ,’ लामिछानेले भने, ‘सहकारीबाट लिइएको ऋणको विषयमा जिम्मा लिन सक्दिनँ ।’

 

समिति सभापति सूर्य थापाका अनुसार, लामिछानेले आर्थिक स्रोत जुटाउने कार्य जीबी राईले गर्ने गरेको बताएका थिए । ‘कहाँबाट कसरी रकम प्राप्त भयो भन्ने कुरा जीबीराइ नै थाहा हुने विषय राख्नु भएको छ,’ थापाले भने । बयान दिएर फर्केपछि सञ्चारकर्मीसँग बोल्दै लामिछानेले सहकारी पीडितको विषयमा आफूले यस अघि पनि पटक-पटक आवाज उठाएको बताए । ‘मकै पोलेर रकम जम्मा गरेकाहरुको रकम हो । राजनीति दलको नेताको हिसाबले मेरो जिम्मेवारी हो,’ लामिछानले भने, ‘सहकारी पीडितका पक्षमा यस अघि पनि बोलेको छुँ । बचतकर्ताहरूको वचत फिर्ता नभएसम्म म, पार्टीका नेताहरू अन्तिमसम्म सबैभन्दा बढी लड्न तयार छौं ।’

 

शुक्रबार अपराह्न करिब ४ बजेदेखि बयानका लागि सिंहदरबारस्थित समितिको बैठकमा उपस्थित लामिछानेसँग ११ बजेसँग सोधपुछ भएको थियो । बयानपछि उनी सम्बन्धित कागजातमा हस्ताक्षर गरेर निवासतर्फ फर्किएका थिए । सभापति थापाले सहकारीसँग सम्बन्धित २३ जना फरार व्यक्तिलाई अझै छानबिनको दायरामा ल्याउन नसकिएको बताए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...