YouTube Link

सेयरबजार कारोबारमा २३ अर्बको नयाँ रेकर्ड

Facebook Link

काठमाडौं: आज सेयरबजारमा व्यापक ‘करेक्सन’ देखिएको छ । सेयरबजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा थामिएको छ । कारोबारमा भने नयाँ कीर्तिमान कायम भएको छ । आज एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको हो ।

 

यो हालसम्मकै उच्च कारोबार हो । ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर बिक्रीमा उक्त रेकर्ड बनेको हो । यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई यही साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिन्दै रेकर्ड बनाएकोमा आज त्योभन्दा पनि बढीको कारोबार भएको हो ।

 

आज ८ वटा कम्पनीको सेयर मात्रै बढेको थियो। बाँकीमध्ये २३३ कम्पनीको सेयर मूल्य घट्दा एउटाको मात्रै अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ८ मध्ये थ्रीस्टार हाइड्रोपावरको १० प्रतिशत, कुथेली बुखारी स्मल हाइड्रोको ९.९७ प्रतिशत, लक्ष्मी भ्यालु फन्ड २ को ३.९४ प्रतिशत, मेगा म्युचुअल फन्ड १ को ३.८१ प्रतिशत, रुरु जलविद्युत्को ३.१६ प्रतिशतले सेयर बढेको छ ।

 

७ कम्पनीको सेयर १० प्रतिशतले घट्यो

यसैबीच आजको सेयर कारोबारमा व्यापक करेक्सन आउनेक्रममा सातवटा कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माई हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, शुभम् पावर, हाथवे इन्भेस्टमेन्टको सेयर १० प्रतिशतले घटेको हो। यी कम्पनीका लगानीकर्ताले क्रमशः आज १९३.८०, ८८, ६४.५०, ३१.८०, १०९.९०, ८९.६०, १७८.१० रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन् । बाँकी १४ कम्पनीको सेयर ९ प्रतिशतले, ११ कम्पनीको ८ प्रतिशतले र दुई दर्जन बढी कम्पनीको ७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

हिमालयन रिको कारोबारले अर्ब नाघ्यो

आज हिमालयन रिको सेयर धेरै किनबेच भएको छ। कम्पनीको आज एकै दिन १ अर्ब ३९ करोड रुपैयाँको सेयर किनबेच भएको हो । यस बाहेक नेपाल पुनर्बीमाको ४८ करोड ३६ लाख, सीईडीबी ४३ करोड, सानिमा माई ४२ करोड र शिवम् सिमेन्टको ४१ करोड रुपैयाँको कारोबार भएको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...