YouTube Link

वरिष्ठ गायक शशी गुरुङको ‘मलाई छोडि दुर नजाउ’ गीतको म्यूजिक भिडियो सार्वजानिक (भिडियो सहित)

Facebook Link

 

काठमाडौं: वरिष्ठ गायक  शशी गुरुङको नयाँ गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । जमलस्थित विश्वज्योतिमा आयोजना गरिएको कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजानिक गरिएको हो । कार्यक्रममा साहित्यकार तथा गीतसंगीत क्षेत्रका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

करिव चार दशक (४० वर्ष) अगाडि नेपालका पप सम्राट ओम विक्रम विष्टद्वारा रचना तथा संगीत गरिएको उक्त गीतको एक अन्तरा नटुङ्गिएकोले उक्त गीतको रेकर्ड हाल आएर पुरा गराएर रेकर्ड गरि गीत तयार पारेर म्यूजिक भिडियो समेत तयार पारेर सार्वजानिक गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । गीतका लागि गायक र संगीतकारको आ-आफ्नै कार्य व्यस्तताले सँगै नभएका कारण गीत रेकर्ड हुन नसकेकोले हाल संगीतकार तथा पप सम्राट ओम विक्रम विष्ट अमेरिकाबाट छोटो नेपाल बसाइका लागि आएकाले उक्त समयमा गीत सार्वजानिक गरिएको बताईएको छ ।

 

 

म्यूजिक भिडियो सार्वजानिक कार्यक्रममा वरिष्ठ संगीतकार तथा गीतकार राजु सिंह, भुषण खरेल, श्रीपुरुष ढकाल, दिनेश अधिकारीले गायक शशी गुरुङलाई शुभकामना दिएका थिए । उक्त गीतको म्यूजिक भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय रहेको छ । विजयराज भुर्तेलको निर्देशन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा सन्तोष तमाङको छायांकन रहेको छ । डोरेमी रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेञ्जमेण्ट गोपाल रसाईलीले गरेका हुन् । गीतको म्यूजिक भिडियो गायक स्वयमको युट्युव च्यानल शशी गुरुङ च्यानलमा हेर्न सकिनेछ ।

(भिडियो सहित)

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...