YouTube Link

आईसीसी टी-२० विश्वकप आजबाट अमेरिकामा शुरु, उदघाटन खेलमा अमेरिका र क्यानाडा भिड्दै

World Cup 2026
Facebook Link

 

काठमाडौं: आईसीसी टी-२० विश्वकप आजबाट अमेरिकामा शुरु भएको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ । उदघाटन खेलमा अमेरिका र क्यानाडा भिड्दैछन् ।

 

वेस्ट इन्डिजले दोस्रोपटक विश्वकप आयोजना गर्दा अमेरिकाले भने पहिलो पटक मौका पाएको हो । अमेरिकामा क्रिकेटलाई लोकप्रिय बनाउने लक्ष्यसहित विश्वकप अमेरिकामा आयोजना गरिएको हो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको थियो । यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो ।

 

सहभागी २० टोलीमा सन् २०२२ को विश्वकपको शीर्ष आठ र टी–२० वरीयताको आधारमा दुई टोलीले सिधैं स्थान बनाउँदा अन्य ८ टोली क्षेत्रीय छनोटबाट स्थान बनाएका हुन् । यस्तै वेस्ट इन्डिज र अमेरिका आयोजकको रूपमा सिधैं विश्वकप खेल्न पाएका हुन् । आयोजक अमेरिकासँगै क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्दैछन् ।

 

सहभागी २० टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै क्यानडा, आयरल्याण्ड र आयोजक अमेरिका रहेका छन् । यस्तै समूह ‘बी’मा साविक विजेता इंग्ल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् भने समूह ‘सी’मा न्युजिल्यान्ड, आयोजक वेस्ट इन्डिज, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा तथा समूह ‘डी’मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश नेपाल र नेदरल्याण्ड्स रहेका छन् ।

 

सबै समूहको शीर्ष दुई टोली सुपर आठमा पुग्नेछन् । उक्त आठ टोलीलाई सुपर आठमा चार–चार टोलीको दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहको शीर्ष दुई स्थानमा रहने चार टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलको विजेता टोली २९ जुनमा हुने फाइनल खेलमा उपाधिको लागि भिड्नेछन् ।

 

यसपटक वेस्ट इन्डिजको ६ र अमेरिकाको ३ रंगशाला गरि ९ रंगशालामा विश्वकपको खेल हुँदैछ । यस्तै वेस्ट इन्डिजको सिर भिभिन रिचार्ड स्टेडियममा ८, प्रोभिड़न्स स्टेडियममा एक सेमिफाइनलसहित ६, ड्यारेन स्यामी क्रिकेट ग्राउण्डमा ६,अर्नोस भाले स्टेडियममा ५, ब्रायन लारा क्रिकेट एकेडेमीमा एक सेमिफाइनलसहित ५ र केंसिन्टन ओभलमा फाइनलसहित ९ खेल हुनेछ ।

 

प्रतियोगितामा ११ टेस्ट राष्ट्र दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयरल्यान्ड तथा ९ एसोसिएट राष्ट्रय, अमेरिका, नेपाल, क्यानाडा, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, नामिबिया, ओमान र स्कटल्यान्डले सहभागिता जनाएका छन् । अघिल्लो संस्करण खेलेका जिम्बावे र युएई अनुपस्थित हुँदा नेपाल ३ तथा पपुवा न्युगिनी विश्वकपमा फर्किएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...