YouTube Link

सनराईजर्स हैदराबादलाई हराउँदै कोलकत्ता नाईट राइडर्स फाईनलमा

Facebook Link

 

एजेन्सी: सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा मंगलबार हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो ।

 

हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकत्ताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । यस्तै वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे । ओपनरद्वय रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन बनाएका थिए । हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान १ विकेट लिए ।

 

टस जितेर ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा १ सय ५९ रनमा समेटियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे । हेनरिच क्लासनले २१ बलमा ३२ रन जोड्दा कमिन्सले २४ बलमा ३० रन बनाए । कोलकाता लागि मिचेल स्टार्कले ३, वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए ।

 

कोलकाताले आइतबार उपाधिका लागि खेल्नेछ । हैदराबादले भने फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । सो अवसर तेस्रो र चौथो स्थान हासिल गरेका राजस्थान र बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ । एलिमिनेटर खेल बुधबार हुँदैछ । दोस्रो क्वालिफायर भने शुक्रबार चेन्नईमा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...