YouTube Link

सनराईजर्स हैदराबादलाई हराउँदै कोलकत्ता नाईट राइडर्स फाईनलमा

Facebook Link

 

एजेन्सी: सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा मंगलबार हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो ।

 

हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकत्ताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । यस्तै वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे । ओपनरद्वय रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन बनाएका थिए । हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान १ विकेट लिए ।

 

टस जितेर ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा १ सय ५९ रनमा समेटियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे । हेनरिच क्लासनले २१ बलमा ३२ रन जोड्दा कमिन्सले २४ बलमा ३० रन बनाए । कोलकाता लागि मिचेल स्टार्कले ३, वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए ।

 

कोलकाताले आइतबार उपाधिका लागि खेल्नेछ । हैदराबादले भने फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । सो अवसर तेस्रो र चौथो स्थान हासिल गरेका राजस्थान र बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ । एलिमिनेटर खेल बुधबार हुँदैछ । दोस्रो क्वालिफायर भने शुक्रबार चेन्नईमा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...