YouTube Link

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर मिल्नेछ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति आउला। अरूका काममा समय बित्न सक्छ। तापनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। मेहनत गर्दा केही प्रतिफल पाइनेछ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ। केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अवसर हातपार्ने समय छ। रमाइलो तथा व्यावसायिक यात्रा हुन सक्छ। अतिथिका रूपमा सत्कार समेत पाइएला। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आयवर्द्धक काम प्रारम्भ गर्न सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग जुट्नाले काममा पनि हौसला मिल्नेछ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लगनशीलताले बिस्तारै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सम्पादन हुनेछन्। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायमा अलमल हुन सक्छ। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउनेछन् भने सहयोगी जुटाउन निकै प्रयत्न गर्नुपर्ला। सन्तान र सहयोगीका माध्यमबाट काम बन्नेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। अरूको फाइदामा उपयोग भइने सम्भावना छ। बेसुरमा गरिएको कामले समस्या निम्त्याउला। पारिवारिक असमझदारीले महत्त्वाकांक्षी योजना कार्यान्वयनमा बाधा पुग्नेछ। तापनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। आफन्तको सहयोगले काम बन्न सक्छ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

मान-सम्मान पाइनेछ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। मेहनतले विशेष अवसर दिलाउनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सकिनेछ। कृषिमा पनि मनग्य धन आर्जन हुने समय छ। अग्रजहरूको मार्गदर्शन लाभदायक रहनेछ।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। तर आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। आफ्ना योजनाबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सोखले खर्च बढाउनेछ। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेत गर्दा रोकिएको काम बन्न सक्छ। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य शुभारम्भ हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। समयमा होश नपुग्नाले खर्च बढ्नेछ। लगानी परे पनि त्यति फाइदा उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

श्रमको उचित मूल्यांकन हुनेछ भने लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...