YouTube Link

एक दिवसीय शृंखलामा नेपाल ‘ए’ ले आयरल्यान्डसँग भिड्दै

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाल ‘ए’ टोलीले तीन खेलको एक दिवसीय शृंखला अन्तर्गत आज पहिलो खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल शुरू हुनेछ ।

 

नेपाल ‘ए’ मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ‘ए’ मा छन् । नेपालको बलरमा कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकाल पनि छन् । नेपाल र आयरल्यान्डबीचको खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उता आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् ।

 

नेपाल ‘ए’ले यसअघि आयरल्यान्ड उल्भ्ससँग तीन खेलको टी-२० शृंखला खेलेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । २२२ रनको लक्ष्य पछ्याएको नेपालले २०१ रन मात्रै बनाएको थियो । दोस्रो खेलमा पनि नेपालले २२५ रनको विशाल लक्ष्य पाएको थियो । तर, नेपालले १८४ रन मात्रै बनाउन सक्यो । र, ४० रनले पराजित भयो । तेस्रो खेलमा भने नेपाल पाहुना टोली आयरल्यान्डलाई ३ रनले पराजित गर्दै शृंखलामा क्लिन स्वीप हुन जोगिएको थियो । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।

 

नेपाल ‘ए’ को टोली

विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...