नेपाल र भारत भिड्दै, फाईनल पुग्न नेपाली जित्नैपर्ने दबाब
वि.सं.२०८० फागुन २४ बिहीवार १०:४२
2.2K
shares
काठमाडौं: साफ यू-१६ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दैछन् । लिग चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्न लागेको हो । खेल ललितपुरको एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नैपर्ने दबाब छ । बंगलादेश एक खेल अगावै प्रतियोगिताको फाइनल पुगिसकेको छ । भारत र नेपाल समान ३ अंक सहित तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् । राम्रो गोल अन्तरका आधारमा नेपाल भन्दा भारतमाथि छ । फाइनल पुग्न भारतलाई बराबरीको नतिजानै पर्याप्त हुन्छ । गोल अन्तरमा पछि रहेको नेपाललाई फाइनल पुग्न भारतलाई जित्नैपर्ने दबाब छ ।
नेपाल र भारतले लिग चरणमा भुटानलाई हराएका थिए भने दुवैले बंगलादेशसँग हार ब्यहोरेका थिए । लिग चरणका शीर्ष दुई टिमले फाइनल खेल्ने समिकरण बनेको छ । बंगलादेशले समेत लिग चरणको अन्तिम खेलमा भुटानसँग खेल्दैछ । भुटान एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल सहित बंगलादेश, भुटान र भारत प्रतियोगितामा समावेश छन् ।
वि.सं.२०८० फागुन २४ बिहीवार १०:४२




















