मैत्रीपूर्ण फुटबलमा आज चीन र नेपाल खेल्दै
वि.सं.२०८० माघ २७ शनिवार ०७:२५
3.1K
shares
काठमाडौं: चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबलमा आज चीन र नेपाल खेल्दैछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले चीनको युवा टिमसँग खेल्न यू–२३ फुटबल टिमको घोषणा गरेको छ । नेपालको युवा टिमलाई मुख्य प्रशिक्षक भिसेन्जो एनिसले हेर्नेछन् । नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जिव विष्ट, लाकेन लिम्बु, उत्सव राई छन् । यस्तै सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुश घलान, एरिक विष्ट, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र अन्जल महर्जन नेपाली टिममा छन् ।
नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तिय टिम बिहीबार नेपाल आईपुगेको छ । मैत्रीपूर्ण खेल दिउँसो ३ बजे सुरु हुनेछ भने साधारणतर्फ ३ सय र भिआईपीतर्फ ५ सय टिकट दर तोकिएको छ ।
वि.सं.२०८० माघ २७ शनिवार ०७:२५



















