YouTube Link

फ्रान्सको शीर्ष डिभिजन लिगबाट खेल्दै साबित्रा भण्डारी ‘साम्बा’

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टीमका फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् । साम्बा नामले एसियाली फुटबलमा परिचित साबित्रालाई फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो ।

 

क्लबले उनलाई सामाजिक सञ्जालमार्फत बिहीबार राती सार्वजनिक गरेको छ । युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने सावित्रा पहिलो खेलाडी हुन् । उनले यसअघि युरोपेली लिगको रुपमा इजरायलबाट ब्यवसायिक यात्रा सुरु गरेकी थिईन् । उनी इजरायलको क्लब हापोएल रानानासँग अनुबन्धित भएकी थिईन् । छोटो समयमै इजरायली क्लबमा उनले प्रभाव देखाएकी थिईन् ।

 

युद्धका कारण इजरायली फुटबल प्रभावित बनेपछि सावित्रा नेपाल फर्किएकी थिईन् । इजरायलको क्लब फुटबलमा सावित्राको प्रभाव देखेर फ्रान्सेली क्लबले उनलाई अनुबन्धन गर्न तयार भएको हो । उनको क्लब अन अभान्टले फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्ने गर्छ ।

 

क्लबले सावित्राको अनुबन्धन घोषणा गरेसँगै अब शनिबार हुने लिग खेलका लागि उनी छनोट हुने सम्भावना छ । अंक तालिकाको तल्लो भागमा रहेको ग्वेंगाम्पले बोर्डोको सामना गर्दैछ । ग्वेंगाम्प लिगको १२ खेलमा २ जित, २ बराबरी र ८ हारका साथ ८ अंक जोड्दै दशौं स्थानमा छ । बोर्डोको १२ खेलमा ५ अंक छ । १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ । फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ । ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...