YouTube Link

श्री लक्ष्मीरूपी चाँदीको कलश बोक्दै चाँगुनारायण मन्दिरदेखि काठमाडौँको हनुमानढोकासम्मको पैदल यात्रा सम्पन्न

World Cup 2026
Facebook Link

 

काठमाडौं: श्री चाँगुनारायण तथा दायाँ-बायाँ श्री सरस्वती र श्री लक्ष्मीरूपी चाँदीको कलश बोक्दै चाँगुनारायण मन्दिरदेखि काठमाडौँको हनुमानढोकासम्मको पैदल यात्रा सम्पन्न भएको छ ।

 

चाँगुनारायण मन्दिरदेखि खालि खुट्टा र शुद्ध भई हिँडाएर ल्याइने चाँगुनारायण जात्राका कलशहरूलाई बाटोमा पनि कसैले छुन हुँदैन । ती कलशहरूमा चाँगुनारायणको शक्ति सहितको शुद्ध जल हुन्छ र काठमाडौँको हनुमानढोकास्थित तलेजु मन्दिरमा दुबै देवस्थानहरूको पूजा साटासाट गरेपछि राष्ट्रप्रमुखले सो कलशमा छायाँ दर्शन गर्ने प्रचलन छ ।

 

पहिले राजतन्त्रकालमा राजाले यसरी छायाँ-दर्शन गर्दथे भने हाल गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिले छायाँ-दर्शन गर्ने प्रचलन छ । राजालाई नारायणको स्वरूप मानिन्थ्यो, त्यसैले चाँगुनारायणको कलशमा स्थापित दैवी शक्ति राष्ट्रप्रमुखलाई नै स्थापित होस् भनेर यो प्रचलन चलाइएको हो । यस जात्रामा राष्ट्रप्रमुख नै सहभागी हुनुपर्ने मान्यता छ । अन्य राजनीतिक अवस्थामा राष्ट्रपति बाहिर हुँदा उपराष्ट्रपति अथवा अन्यले प्रतिनिधित्व गर्ने चलन भएता पनि यस जात्रामा भने राष्ट्रप्रमुख आफै सहभागी हुनैपर्ने बाध्यकारी प्रचलन छ ।

 

जात्राको इतिहास कोट्याउने हो भने यो जात्रा लिच्छविकालीनदेखि सुरु भएको देखिन्छ । झण्डै १४औँ शताब्दीमा लेखिएको गोपालराजवंशावलीको ३० (ख) पानामा श्री पुष्पदेवका पालामा दुधे कर्कलोका कारण महामारी फैलिएकोले यसको शान्ति गर्नका लागि श्री चाँगुनारायणलाई सो कर्कलो चढाइएको उल्लेख छ । यसै बमोजिम अद्यापि यसै दिन चाँगुनारायणलाई कर्कलो चढाई कलशयात्रा गराइन्छ ।

 

सो कलशजात्रा चाँगुनारायण मन्दिरबाट डाँछी, गोकर्ण, जोरपाटी, चाबहिल, नक्साल, कमलादी हुँदै जमल पुर्याइन्छ । जमलमा रानीपोखरी नजिकको जगत नारायण मन्दिरको पाटीमा यात्राले केहीबेर विश्राम लिन्छ । जमलमा जात्राका स्वागत गर्नका लागि गुरुज्यूको पल्टन, मल्ल राजाको प्रतीक खड्ग र हनुमानढोका दरबारका महाने आउनुपर्ने चलन छ । सो क्रममा हुनमानढोका दरबारबाट पूजा पनि पठाइन्छ । चाँगुनारायणको पुजारीले जमलको सो जगत नारायण मन्दिरमा कलशपूजा गर्नुपर्छ । सो अवसरमा गुरुज्यूको पल्टनले चाँगुनारायणको नाममा सलामी चढाउने गर्दछन् ।

 

 

त्यसपछि पुनः यात्रा सुरु हुन्छ, पृथ्वीनारायण शाहकालीन गुरुज्यूको पल्टन अघि-अघि, त्यसपछि पुजारीले चाँगुनारायणको कलश बीचमा र भँडेल सहयोगीद्वयले दायाँ-बायाँ लक्ष्मी र सरस्वतीको कलश बोक्दै, पछाडि महानेले कसैले कलशलाई नछोओस् भन्ने हेतुले लठ्ठीले छेक्दै, कलश पछाडि मल्ल राजाका प्रतीक खड्ग र सबैभन्दा पछाडि भक्तजनको लस्कर सहित जमल, कमलाक्षी, असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन र हनुमानढोका दरबारसम्म यात्रा अघि बढ्छ ।

 

बाटोमा भक्तजनले कलश नछोइ पूजा गर्छन् र दक्षिणा चढाउँछन् । हनुमानढोका पुगेपछि तलेजुको ठूलो मूलद्वारबाट भित्र जानुपर्ने चलन छ । दरबार अगाडि काठमाडौँको तलेजु मन्दिरका मूलपुजारीले जीवित देवी श्रीकुमारीको उपस्थितिमा उक्त जात्रालाई लसकुस अर्थात् स्वागत गर्दछन् । तलेजुका पुजारीले फलामको साँचो चाँगुनारायणका पुजारीलाई समात्न दिई हनुमानढोका दरबारभित्र तलेजु मन्दिर भएको त्रिशूल चोक हुँदै मूल चोक र इनार चोकमा लग्नुपर्ने परम्परा छ । त्यहाँ एक ढुङ्गाको आसनमा तीनवटै कलश बिसाइएपछि तलेजुका पुजारी यजमान र चाँगुनारायणका पुजारी पुरोहित भई पुनः कलश पूजा गर्नुपर्ने हुन्छ ।

 

 

सो क्रममा हनुमानढोकाबाट खटाइएका अर्का पुजारीले पनि उक्त कलश पूजा गर्छन् र चाँगुनारायणसँग नरिवल र पूजा साटासाट गर्छन् । उक्त पूजापश्चात् सबैलाई फूल र टीका दिएपछि यात्रा राष्ट्रपतिकहाँ लगिन्छ । प्रत्येक वर्ष दुईपटक चाँगुनारायणको कलशजात्रा यसरी नै हनुमानढोका दरबार र राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिसम्म पुर्याइन्छ ।

भिडियो सहितः

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...