YouTube Link

काभ्रेको पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

Facebook Link

 

काठमाडौं: काभ्रेको पाँचखाल नगरपालिका-७ शिखरपुरको जंगलमा पाँच दिनअघि (२७ पुसको राति) स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

 

बलात्कारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुधन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका-८ घर भइ हाल पाँचखाल नगरपालिका-७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका-८ घर भइ पाँचखाल-७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका-४ घर भई हाल पाँचखाल-७ बस्ने १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर छन् ।

 

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्ने सबै मजदुर भएको प्रहरीले जनाएको छ । विवाहित ती युवती पनि मजदुर नै हुन् । रसुवा माइती भएकी ती युवतीका पति घरमा छैनन् । उनीहरुले पुस २७ गते साँझ पाँचखाल नगरपालिका-७ शिखरपुरस्थित फुटबल ग्राउण्ड नजिकको झाडीमा लगेर युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

 

प्रहरीका अनुसार ती युवती साँझ साथीहरुसँगै ‘इभिनिङ वाक’मा घरबाहिर निस्केको बेला बलात्कारमा परेकी हुन् । साथीहरु घर फर्किए पनि उनी राति अबेलासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन् ।

 

आफूलाई बलात्कार गर्नेहरुको पहिचान युवतीले गर्न नसकेपछि प्रहरीले ६० जना भन्दा धेरै पुरुषलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार पीडित किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...