चीनमा ६.२ रेक्टरस्केलको भूकम्प, एक सयभन्दा बढीको मृत्यु
वि.सं.२०८० पुस ३ मंगलवार ०९:०५
1.6K
shares
एजेन्सीः चीनको उत्तरपश्चिम क्षेत्रमा पर्ने गान्सु प्रान्तमा गएराति शक्तिशाली भूकम्प जाँदा एकसय भन्दा बढीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण भवनहरु भत्किँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ ।
चिनियाँ अधिकारीहरुका अनुसार दुईसय भन्दा धेरै घाइते भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले गएराति गान्सु प्रान्तमा ६.२ रेक्टरस्केलको भूकम्प गएको जनाएका छन् । भूकम्पको कारण भत्किएका भौतिक संरचनाको भग्नावशेषमा धेरै पुरिएको आशंका गरिएको छ भने कयौँ घाइते भएका छन् ।
छिमेकी प्रान्त क्विङहाईको हाइडोङ सहरमा ११ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । युएसजीएसका अनुसार यो भूकम्प लिनक्सिया चेङगुआन्जेनबाट करिब २३ माईल पश्चिम उत्तरपश्चिममा ६ माइलभन्दा कम गहिराइमा गएको थियो ।
वि.सं.२०८० पुस ३ मंगलवार ०९:०५




















