YouTube Link

हेर्नुहोस् आज २०८० मंसिर ४ गते सोमबार तपाईको राशिफल

World Cup 2026
Facebook Link

 

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मध्याह्नदेखि आम्दानी बढ्नेछ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ।

 

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने समय छ।

 

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा केही काम गर्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। धनलाभ हुनेछ।

 

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य–उपचारमा खर्च हुने योग छ। सानातिना समस्यामै अल्झनुपर्ला। अर्थ अभावले पनि सताउन सक्छ।

 

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। लोकाचारले अनियन्त्रित खर्च गराउन सक्छ।

 

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुनेछ।

 

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। मध्याह्नपछि स्थितिमा सुधार आउनाले सजिलै लक्ष्य प्राप्ति होला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।

 

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। आँटेकाे काम बिग्रन सक्छ। पेसा–व्यवसायमा फाइदा कम देखिए पनि प्रयास भने दोहोर्याउनुहोला।

 

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नदेखि साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

 

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।

 

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

 

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। मध्याह्नपछि आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

 

साभारः नेपाली पात्रोबाट, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...