विश्वकपको उपाधि अस्ट्रेलियाले चुम्यो, भारत ६ विकेटले पराजित

वि.सं.२०८० मंसिर ३ आइतवार २१:४४

एजेन्सी: अस्ट्रेलियाले घरेलु टोली तथा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै आइसिसी विश्वकप २०२३ को उपाधि जितेको छ । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
जितसँगै अस्ट्रेलियाले सबैभन्दा बढी छैटौँ पटक उपाधि चुमेको छ । सन् १९८७ मा भारत र पाकिस्तानमा हुँदा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले ३६ वर्षपछि पुनः भारतमै अर्को उपाधि थप्यो । त्यतिबेला इंग्ल्यान्डलाई पराजित गरेको थियो । १९९९ मा पाकिस्तानलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको अस्ट्रेलियाले लगातार उपाधिमा ह्याट्रिक गरेको थियो ।
सन् २००३ मा भारतलाई र २००७ मा श्रीलंकालाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो । त्यसपछि सन् २०१५ मा अस्ट्रेलिया र इग्ल्यान्डमा आयोजना हुँदा न्युजिल्यान्डलाई पराजित गरेको थियो । ८ वर्षपछि पुनः आयोजक भारतलाई नै स्तब्ध पार्यो ।
अस्ट्रेलियाको यो नतिजाले जारी विश्वकपमा १० खेलको अपराजित यात्रा मात्रै टुंगिएन घरेलु दर्शकमाझ तेस्रो पटक उपाधि चुम्ने सपना पनि घरेलु भूमिमा तुहियो । यसअघि भारतले २०११ मा भारत र बंगलादेशले आयोजना गर्दा श्रीलंकालाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

वि.सं.२०८० मंसिर ३ आइतवार २१:४४