YouTube Link

नेपाल ओमनसँग पाँच रनले हार्यो, सेमिफाईनल युएईसँग खेल्ने

Facebook Link

 

काठमाडौं: आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपाललाई ५ रनले हराउँदै ओमन समूह ‘ए’ को विजेता बनेको छ ।

 

जितको लागि १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनायो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए ।

 

नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । विवेक यादवले सुरुवाती दुई बलमा बिलाल खानलाई छक्का हानेपछि बाँकी चार बलमा १३ रन चाहिँएको थियो । तेस्रो बल विवेकले लङअनमा छक्का हानेपछि खेल रोचक बनेको थियो ।

 

नेपाललाई जितको लागि तीन बलमा ७ रन चाहिँएको थियो । चौथो बलमा विवेक स्वलो बलमा क्याच आउट भएका थिए । पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए । अन्तिम बलमा छक्का चाहिँएको थियो । करण स्ट्राइकमा थिए । तर करण लङअनमा क्याच आउट भएपछि नेपाल पराजित भएको थियो ।

 

नेपालका लागि कुशल भुर्तेलले २६ रन बनाए । नेपालले सुरुवात देखिनै लगातार विकेट गुमाएको थियो । स्पिनर सकिल अहमदको पाँचौं ओभरको पाँचौं बलमा सोमपाल कामी १२ रनमा एक्स्ट्रा कभरमा अकिब इलियासबाट क्याच आउट भए । सोमपालले ९ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए ।

 

मेहरान खानको छैटौं ओभरको पाँचौं बलमा कुशल भुर्तेल बोल्ड आउट भए । लेग साइडको बल गाइड गर्ने धुनमा हुँदा बोल्ड भए । कुशलले १८ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए । कुशल मल्ल १२ औं ओभरको पहिलो बलमा ठूलो सर्ट खेल्ने धुनमा लङअनमा कलिमुल्लाहबाट क्याच आउट भएका थिए । कुशलले १२ बलमा १० रन बनाए । त्यसपछि नेपाल दबाबमा परेको थियो ।

 

अकिबको १३ औं ओभरको चौथो बलमा गुलशन झा कभरमा जिशान मकसुदबाट ३ रनमा सहज क्याच आउट भए । त्यो समय नेपाल ७९–६ को अवस्थामा थियो । कप्तान रोहित पौडेल र सन्दीप जोरा १२–१२ रनमा आउट भए ।

 

ओमानका अकिब इलयासले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । मेहरान खानले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सकिल अहमदले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कप्तान जिशान मकसुदले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विलाल खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । ओमानको जितमा जिशान मकसुद २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रनमा आउट भए ।

 

नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । गुलशन झाले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह ‘बी’ को विजेतासँग युएईसँग खेल्नेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...