नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै
वि.सं.२०८० कात्तिक १६ बिहीवार ०८:५४
1.9K
shares
काठमाडौं: घरेलु टोली नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।
समान दुई खेलमा ४ अंक भएपनि ओमान नेटरनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुबै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको विजेता समूहको पनि विजेता बन्नेछ ।
समूह विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ ।
नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
वि.सं.२०८० कात्तिक १६ बिहीवार ०८:५४



















