YouTube Link

समूह विजेताका लागि नेपाल र ओमानबीच प्रतिष्पर्धा हुँदै

Facebook Link

 

काठमाडौं: घरेलु टोली नेपालले आज आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

 

समान दुई खेलमा ४ अंक भएपनि ओमान नेट रनरेटका कारण ओमान शीर्षस्थानमा छ । दुबै टोली समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका छन् । आजको खेलको समूह विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्नेछ । त्यसैले नेपालको लागि यो खेल निकै महत्वपूर्ण छ ।

 

नेपाल ओमानलाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गर्नसक्छ । विवेक यादवलाई बेन्चमा राखेर विनोद भण्डारीलाई मैदान उतार्न सक्छ । दीपेन्द्रसिंह ऐरी घाइते भएपछि विवेकलाई नेपालले मौका दिएको थियो । विवेकले मलेसियाविरुद्ध २ रन बनाउँदा अन्य खेलमा ब्याटिङ र बलिङ दुबैमा मौका पाएका छैनन् ।

 

कुशल मल्ल र कुशल भुर्तेल नेपालका प्रमुख टि-२० खेलाडी हुन् । यी दुई खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई खेलाडी चलेको खण्डमा नेपालले सहज जित हात पार्नसक्छ । उता ओमानका तीव्र गतिका बलर बिलाल खान र फयाज बटबाट नेपाल सुरुवातमा केहि संयमित हुनुपर्छ । दुबैमा राम्रो अनुभव छ । आसिफ शेख खुलेर खेल्न केहि संघर्ष गरेका छन् । सेमिफाइनल अघि नेपाल आसिफबाट पनि ठूलो इनिङ चाहन्छ । सुरुवाती दुई खेलमा नेपालका तीव्र गतिका बलरले पावर प्लेमा राम्रो सुरुवात गरेका छैनन् ।

 

 

स्पिनर सन्दीप लामिछानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पावर प्लेमा करण र सोमपालको जोडीले विकेटतर्फ ध्यानदिनुपर्ने हुन्छ । डेथ ओभरमा अभिनाश बोहराले राम्रो प्रदर्शन गर्दै आएका छन् । ओमानका अकिब इल्यास प्रमुख हतियार हुन् । उनलाई चाँडै आउट गर्न सके नेपालले जित सहज बनाउन सक्छ । अनुभवी कप्तान जिशान मकसुदले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपाल र ओमानबीच टि-२० आईमा चार खेल भएका छन् । ओमान एक र नेपाल तीन खेलमा विजयी भएको छ ।

 

समूह ‘ए’ को अन्तिम खेलमा सिंगापुर र मलेसियाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । यो खेल प्रतिष्ठाको लडाई मात्रै हुनेछ । मुलपानी क्रिकेट मैदानमा आज हुने दुबै खेल निकै महत्वपूर्ण हुनेछन् । पहिलो खेलमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...