YouTube Link

डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढ्यो, दुई दिनमा १५ सय बढी नयाँ

Facebook Link

 

काठमाडौं: गएको दुई दिनमा डेंगु सङ्क्रमितको संख्या ह्वात्तै बढेर १५ सय बढी पुगेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्क अनुसार हालसम्म ३६ हजार ७४४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

 

दुई दिन अघि ईडीसीडीले प्रकाशन गरेको तथ्याङ्कमा सङ्क्रमित सङ्ख्या ३५ हजार २२३ जना सङ्क्रमित थिए । आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सङ्क्रमण देखिएका जिल्लामध्ये सबै धेरै सङ्क्रमित सुनसरी जिल्लामा छन् । सुनसरीमा १६ हजार ९५ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । यस्तै दोस्रोमा तनहुँ जिल्लामा ३  हजार ७१० जना सङ्क्रमित छन् ।

 

तेस्रोमा झापा ३ हजार ५७१ हजार, धादिङमा ३ हजार १२९ जनामा सङ्क्रमण भएको छ । मोरङ २ हजार २७३ जना सङ्क्रमित हुँदा कास्की १ हजार ४०८ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा ७८५  जना सङ्क्रमित भएको ईडीसीडीले जनाएको छ । उता सङ्खुवासभामा ५२८ जना सङ्क्रमण पुष्टि हुँदा कैलालीमा  ४८१ जनामा सङ्क्रमण भएको छ । धनकुटामा सङ्क्रमितको सङ्ख्या ४४५ जना पुगेको छ ।

 

सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ७०५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ८५३ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ५ हजार ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।  त्यस्तै सुदूरपश्चिम प्रदेशमा १ हजार ७९, मधेस प्रदेशमा ५८५, लुम्बिनी प्रदेशमा ६४५ र कर्णाली प्रदेशमा १२३ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...