YouTube Link

कालो मोसो दलिएपछि केपी ओलीमाथि दुर्गा प्रसाईंको आक्रोश, युवा संघको तागत ननाप्न प्रसाईलाई महेश बस्नेतको चेतावनी

Facebook Link

 

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि कालो मोसो दलिएपछि त्यसको आरोप एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै नेता महेश बस्नेतमाथि आक्रोश पोखेका छन् ।

 

प्रसाईंले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्:

हजुरबुबा के पी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघ लाई धन्यवाद छ !

तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ !

प्रतीक्षा गर्नुहोस् !!

 

प्रसाईंले सोमबार काठमाडौंको जमलमा रहेको होटल यल्लो पकोडामा पत्रकार सम्मेलन गरेका थिए । कार्यक्रम समापन भएर प्रसाईं आफ्नो गाडी चढेर हिँड्ने क्रममा उनलाई कालो मोसो दलिएको थियो । कालो मोसो दल्नेहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद नारा लगाएको कारण प्रसाईंले ओलीको नाम लिएर पैंचो तिर्ने बताएका छन् ।

 

यता नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कालो मोसो दलिएका मेडिकल व्यवसायी प्रसाईंलाई युवा संघको तागत ननाप्न चेतावनी दिएका छन् । प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको नाम लिएर पैचों तिर्ने चेतावनी दिएका थिए । त्यसको जवाफमा महेश बस्नेतले प्रसाईंलाई युवाहरुले आज तह लगाएको प्रतिक्रिया दिएका छन् ।

 

बस्नेतले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्:

बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु , कालोमोसो द्ल्छु भन्ने अपराधिक कर्म गर्ने दुर्गा प्रसाईलाई युवाहरुले आज तह लाएछन । अब सुध्रीउ, अरुलाई दोष नलगाउ । यस्तालाई सरकारले कारवाही गरोस । जन प्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाई !

 

प्रसाई एमाले अध्यक्ष ओली र माओबादी अध्यक्ष प्रचण्डलाई सँगै आफ्नो घर भक्तपुर लगेर मार्सी चामलको भात खुवाएपछि चर्चामा आउँदै मार्सी उपनामले चर्चित भएका भएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...