YouTube Link

हत्यारालाई आममाफी दिनु गलत हो, विरोध गरौः गगन थापा

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेस महामन्त्री गगन थापाले अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको बताएका छन् ।

 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री थापाले हत्या ठहर भइ जेलजीवन बिताइरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिनु संविधानको मर्मविपरित भएको जिकिर गरेका हुन् । संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । अहिले त्यसको चौतर्फी विरोध भइरहेको छ ।

 

संसदमा बोल्दै थापाले भने, ‘यो विषय अदालतको ढोकासम्म पुगेको छ । जसले हामीलाई गिज्याइरहेको छ । अदालतमाथि पनि प्रश्न उठेको छ ।’ महामन्त्री थापाले हत्या पुष्टिपछि जेल जीवन बिताइरहेका व्यक्तिलाई आममाफी दिने निर्णय गलत भएको स्पष्ट पारे । थापाले भने,’यसको विरोध हुनुपर्छ र हामी विरोध गर्छौं ।’

 

श्रीमानको हत्यारा रिगललाई उन्मुक्ति दिएको विरोधमा भारती शेर्पा मानन्धरले काठमाडौंको माइतीघरमा बुधबारबाट अनशन सुरू गरेकी छन् । उनले श्रीमानको न्यायका लागि सर्वोच्च अदालतलाई गुहारेकी छन् । उनले दिएको रिटमाथि सर्वोच्चमा आज प्रारम्भिक सुनुवाइ भइरहेको छ ।

 

२०७२ असार २८ गते नेपालगञ्ज उपमहानगरपालिका-८ का चेतन मानन्धरको दिनदहाडै हत्या भएको थियो । मानन्धरको हत्या अभियोगमा रिगललाई बाँके जिल्ला अदालतले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । थापाका अनुसार नयाँ कानुन बनेपछि विभिन्न मुद्दाका जेलजीवन बिताइरहेका  ६ हजार ७४६ जनाले आममाफी पाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...