YouTube Link

नेपालको पिस एलिट एसिया गेम्स (पब्जी)को सेमिफाइनलमा प्रवेश

Facebook Link

काठमाडौं: १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत नेपालको पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको समूह ‘सी’ मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनल चरणमा स्थान बनाउन सफल भएको हो । नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अघि बढेको हो । वरीयताका आधारमा सिधै क्वाटरफाइनलमा स्थान बनाएको प्यालेस्टाइनबाट त्यसपछि चुनौति अपेक्षा गरेपनि नेपालले लगातार समय अन्तर बढाएको थियो ।

यस समूहबाट तेस्रो र चौथो भएका प्यालेस्टाइन र साउदी अरब भने बाहिरिएका छन् । अब नेपालले शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा दुवै समूह खेल शनिबार हुनेछ । यद्यपि समूह विभाजन भने भइसकेको छैन । सेमिफाइनलमा शीर्ष दुई हासिल गरे नेपाल फाइनल पुग्दै पदकको सम्भावना हुनेछ ।

नेपालले एकपछि अर्को खेलमा पराजय भोग्दै गर्दा पदकको आशा गरिएको पब्जीले भने लगातार दोस्रो पटक अर्को चरणको यात्रा तय गरेको छ । नेपालबाट कप्तान सुविन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई खेलाडी रहेका छन् । भिक्टर पौडेल टोलीमा व्यवस्थापक रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...