YouTube Link

एसियाडमा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियासँग खेल्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले मंगोलियासँग खेल्दैछ ।

 

नेपाल र मंगोलियाबीचको खेल नेपाली समय अनुसार बिहान पौने ७ मा सुरु हुनेछ । नेपाली टिम आइतबारै चीन पुगिसकेको छ । ललित राजवंशी घाइते भएपछि टोलीमा सामेल गरिएका सागर ढकाल मंगलबार मात्रै चीन गएका छन् । यस्तै अदालतले मुद्दा स्थगित गरेपछि सन्दीप लामिछाने पनि त्यसतर्फ गएका छन् ।

 

समूह ‘ए’ को नेपालले आफ्नो दोस्रो खेलमा आइतबार माल्दिभ्ससँग खेल्नेछ । समूह ‘ए’, ‘बी’ र ‘सी’ का शीर्ष १–१ टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन् ।

 

एसियाडमाको चौंथो दिन मंगलबार नेपालले विभिन्न ८ खेलमा प्रतिस्पर्धा गर्दा पदकको खाता खोल्न सकेन् । नेपालले मंगलबार एकलतर्फ स्क्वास, तेक्वान्दो, उसु, जुडो, पौडी, बक्सिङ, र टेनिस तथा टिम इभेन्ट्समा रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको हो ।

 

रग्बी सेभेन्समा नेपाल जितविहिन हुँदै घर फर्किने भएको छ । यस विधामा पहिलो पटक एसियाडमा प्रतिस्पर्धा गरेको नेपालले समुह चरण र नकआउट पुग्न नसक्ने टोलीबीच ९ देखि १३ औं स्थानका लागि भएको सबै खेलमा हार व्यहोर्यो । प्रतियोगितामा नेपाल ६ खेल खेल्दा एक खेल पनि जित्न सकेन । १३ टोली सहभागी प्रतियोगितामा नेपाल पुछारमा रह्यो ।

 

नेपालबाट २९ खेलमा १२७ महिला र १२६ पुरुष गरि २५३ खेलाडीले सहभागिता जनाएका छन् । टिम इभेन्ट्समा मात्र १०५ जना नेपाली खेलाडी सहभागी छन् ।

 

नेपापले सन् १९५१ मा भारतमा भएको पहिलो संस्करणदेखि एसियाडमा सहभागी हुँदै आएको छ । फिलिपिन्समा भएको दोस्रो र इण्डोनेसियामा भएको चौंथो संस्करणबाहेक सबैमा सहभागी हुँदा नेपालले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन । ७२ वर्षे एसियाडको इतिहासमा नेपालले २ रजत र २२ कास्य सहित कुल २४ पदक जितेको छ ।

 

चीनले पदक तालिकामा आफ्नो दबदबा कायमै राखेको छ । खेलको चौथो दिन सकिँदा चीनले चीनले ५३ स्वर्ण सहित ९५ पदक जितेको छ । उसले २९ रजत र १३ कास्य जितेको छ । पदक शीर्ष स्थानमा छ । पदक तालिकामा दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले १४ स्वर्ण, १६ रजत र १९ वटा कांस्य पदक जितेको छ ।

 

जापानले ८ स्वर्ण, २० रजत र १९ वटा कांस्य पदक जितको छ । उज्वेकिस्तानले ५ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको छ भने हङकङ ५ स्वर्ण, ४ रजत र १० कांस्यसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ । दक्षिण एसियाली देश भारतले ३ स्वर्ण पदक जतेको छ । ३ वटा रजत र ६ वटा कांस्य पदक प्राप्त गरेको छ । खेलमा सहभागी ४५ देशमध्य एक स्वतन्त्रसहित १४ देशले स्वर्ण प्राप्त गरेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...