सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै
वि.सं.२०८० असोज १० बुधवार ०७:३१
काठमाडौं: साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५:३०बजे सुरु हुनेछ ।
भुटानमाथि २–१ को जित निकाल्दै भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो भने नेपालले माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो ।
आजै हुने अर्को खेलमा पाकिस्तान र भुटान भिड्दैछन् । पाकिस्तान समूह ‘ए’ को बिजेता हो भने भुटान समूह ‘बी’ को उपविजेता हो । यी दुई टोलीबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ । पाकिस्तानले नेपाललाई १–० ले हराएको थियो भने माल्दिभ्ससँग बराबरीमा रोकिएको थियो । भुटानले बंगलादेशलाई हराएर सेमिफाइनलमा स्थान बनाएको थियो । फाइनल खेल शनिबार हुनेछ ।
वि.सं.२०८० असोज १० बुधवार ०७:३१