YouTube Link

घरेलु टोली नेपाल पाकिस्तानसँग १-० गोल अन्तरले पराजित

World Cup 2026
Facebook Link

 

काठमाडौं: साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

 

दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० को गोल अन्तरले पराजित भएको हो । पाकिस्तानी मिडफिल्डर अली जफरले खेलको ७६औं मिनेटमा गरेको उत्कृष्ट गोल नै निर्णायक गोल बन्यो । खेलमा नेपालको प्रदर्शन सोचेजस्तो राम्रो हुन सकेन । नेपालको आक्रामण खेल पुरै समय नै फितलो रह्यो ।

 

उता पाकिस्तानले भने गोलको धेरै अवसरहरु सृजना गरको थियो । पाकिस्तानले नेपाल भन्दा बढी अवसरहरू सिर्जना गर्दै घरेलु टोली नेपाललाई निरन्तर दबाबमा राखेको थियो । तर नेपालका गोलरक्षक र कप्तान जियारथ शेखले पाकिस्तानलाई गोल गर्नबाट निरन्तर रोकेका थिए ।

 

खेलको ३३औं मिनेटमा पाकिस्तानले केही सेकेन्डमै दुई ओटा अवसर पायो । मोहम्मद आदिलको प्रहार शेखले बचाएपछि मोहम्मद हरूनले पाएको मौकामा बललाई पोस्ट भन्दा माथि प्रहार गरे । त्यसको एक मिनेट पछि नै आदिलले वान भर्सेस वानको अवसर खेरा फाले । उनको अगाडि गोलकिपर शेख मात्र थिए तर उनको प्रहार पोस्टभन्दा केही टाढाबाट बाहिरियो ।

 

खेलको ५३औं मिनेटमा नेपालका दीपक थापा मगरको हेडरले पोस्टको दिशा लिन सकेन । ७६औं मिनेटमा पाकिस्तानले खेलमा अग्रता लियो । अलि जफरले लामो दुरीबाट गरेको प्रहारले जियारथ शेखको पहुँचभन्दा टाढा टप कर्नरमा जाली चुमेको थियो । अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो । नेपालको अर्को खेल माल्दिभ्ससँग सेप्टेम्बर २५ मा हुनेछ । त्यसअघि माल्दिभ्सले सेप्टेम्बर २३ मा पाकिस्तानको सामना गर्ने छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...