YouTube Link

विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र भुटान खेल्दै

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा आज भुटानसँग खेल्दैछ । नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान बनाउन चाहन्छ ।

 

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २.५ ओभरमै पूरा गरेको थियो । बहराइनविरुद्ध ३ चौकासहित १८ रन बनाएकी कविता कुँवरलाई नेपालले आजको खेलमा ओपनरलाई खेलाउन सक्छ । कविता आक्रामक ब्याटर हुन् । कविताले ओपनिङ गर्दा काजोल श्रेष्ठले तल्लोक्रममा खेल्न सक्छिन् ।

 

सीता रानामगर, इन्दु बर्मा र रुविना क्षेत्री बेलबासे नेपालका प्रमुख खेलाडी हुन् । यी तीन खेलाडीको ब्याटिङ र बलिङ दुबै निकै महत्वपूर्ण हुनेछ । नेपाल कमजोर भुटानमाथि सहज जित हात पार्न चाहन्छ । नेपालले भने आक्रामक रुपमा रन जोड्न आवश्यक देखिन्छ । बहराइनसँगको खेल बाहेक अन्यमा नेपालले निकै सुस्त गतीमा ब्याटिङ गर्दै आएको छ । तीव्र गतिका बलर अश्मिना कर्माचार्य र कविता कुँवरको जोडी भुटानलाई घातक बन्नसक्छ । त्यस्तै स्पिनर खुशी डंगोलले पनि राम्रो प्रभाव जमाउँदै आएकी छिन् ।

 

तुलनात्मक रुपमा कमजोर भुटानविरुद्ध नेपालले बेन्चमा भएका रुवि पोदार, ईश्वरी विष्ट र विन्दु रावललाई खेल्ने अवसर दिनसक्छ । टोलीमा परिवर्तनको सम्भावना छैन । तर बेन्चमा भएका खेलाडीलाई मौका भने दिनसक्ने सम्भावना रहन्छ ।

 

भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो । बहराइनले ८ विकेटले हराएको थियो । भुटानकी कप्तान देखेन वांग्मो, कर्मा देम्बा र अन्जु गुरुङ प्रमुख खेलाडी हुन् । तीव्र गतिकी बलर अन्जु भुटानकी प्रमुख हतियार हुन् । विदेशी लिग समेत खेल्दै आएकी भुटानी अन्जु नेपाली ब्याटरलाई निराश बनाउन सक्छिन् । नेपाल र भुटानबीच दुई खेल भएको छ । दुबै खेलमा नेपालले सहज जित हात पारेको छ ।

 

नेपालले मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि २० विश्वकप खेल्न पाउनेछन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...