इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश
वि.सं.२०८० भदौ ७ बिहीवार ०८:२६
2.1K
shares
एजेन्सीः लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ । सिन्सिनाटिको मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेल टाइब्रेकरमा ५-४ ले जित निकाल्दै मायमी प्रवेश गरेको हो ।
सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा सिन्सिनाटिले पराजित गर्दै मियामी लगातार दोस्रो फाइनलमा स्थान बनाएको हो । केही दिन अघि मात्र मियामीले लिग्स कपको उपाधी जितेको थियो ।

अब उपाधि भिडन्तमा ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ । फाइनल सेप्टेम्बर २७ मा हुनेछ ।
वि.सं.२०८० भदौ ७ बिहीवार ०८:२६




















